A model of the lander of HAKUTO-R private lunar exploration program is displayed prior to livestream of the lunar landing event Wednesday, April 26, 2023, at Miraikan, the National Museum of Emerging Science and Innovation, in Tokyo. Tokyo's ispace company put its own spacecraft into orbit around the moon a month ago. Flight controllers will direct the craft, named Hakuto, Japanese for white rabbit, to descend from 60 miles (100 kilometers) high and land on Wednesday. (AP Photo/Eugene Hoshiko)

टोकियो/जापान। जापानी कम्पनीले चन्द्रमाको सतहमा अवतरण गरेको ल्यान्डर (चन्द्रमामा जाने स्पेसक्राफ्ट वा रोबोट) सम्पर्कविहीन भएको छ । ‘हाकुतो-आर’ नाम दिइएको उक्त ल्यान्डर मंगलबार राति नेपाली समय अनुसार साढे १० बजेदेखि सम्पर्कविहीन भएको हो ।

यस विषयमा अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ । टोकियोस्थित ‘आईस्पेस’ नामक कम्पनीले गत डिसेम्बरमा स्पेसएक्स रकेटद्वारा प्रक्षेपण गरेको उक्त यानलाई गन्तव्यमा पुग्न पाँच महिना लागेको थियो ।

सो ल्यान्डर चन्द्रमाको सतहबाट २९५ फिट आएपछि तल छोएको देखिएको कम्पनीले जनाएको छ । यो ल्यान्डर २ मिटर अग्लो र ३४० किलोग्राम तौलको थियो, जुन चन्द्रमाको अन्तरिक्ष यान मापदण्ड अनुसार तुलनात्मक रूपमा सानो र कम्प्याक्ट थियो ।

चन्द्रमाको उत्तरी गोलार्द्धमा अवतरण साइटमा पुगेपछि चन्द्रमाको माटो, यसको भू-विज्ञान र वायुमण्डलको विश्लेषण गर्न ‘हाकुतो-आर’ त्यहाँ प्रक्षेपण गरिएको थियो ।

हाल अमेरिका, रुस र चीन मात्र चन्द्रमाको सतहमा रोबोट राख्न सफल भएका छन् । यसमा जापानले चालेको यो कदमलाई ऐतिहासिक मानिएको छ । यद्यपि कम्पनीले भने उक्त ल्यान्डरले चन्द्रमाको सतह नै नछोएको अनुमान गरेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार