ओसाका/जापान। नेपाली राजदुतावास जापान र गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको सहकार्यमा चार दिने घुम्ती शिविर जापानको ओसाकामा आजबाट सुरु भएको छ ।
शिविर उद्घाटन गर्दै जापानका लागि नेपाली राजदुत डाक्टर दुर्गा बहादुर सुबेदिले यस्ता शिविरले जापानमा रहेका नेपालीको लागि ठुलो राहत पुगेको बताए।

साथै राजदुत सुवेदीले,परदेशमा रहेका नेपालीहरुलाई हरेक समस्या पर्दा सहयोग सहजीकरण गर्न आफू सदैव लागि रहने पनि बताए । सोहि अवसरमा राजदुत सुवेदीले भाईचारा, सद्भाव, सहकार्य गर्दै खुशीसाथ रहन तथा राजदुतावास, नेपाल र नेपालीलाई चिनाउने काम गर्न सम्पुर्ण जापान बासी नेपाली लाई राजदुत डाक्टर सुवेदीले अनुरोध गरे ।

घुम्ती शिविरमा राहदानी नविकरण, जापानमा जन्मिएका बच्चालाई पहिलो पटक राहादनी बनाउन, अधिकृत वारेसनामा प्रमाणीकरण, राष्ट्रियता प्रमाणीकरण गर्न, सवारी चालक अनुमतिपत्र प्रमाणीकरण तथा अन्य प्रमाणीकरण( जन्मदर्ता, अविवाहित, नाता सम्बन्ध ) गर्ने यात्रा अनुमति पत्र लगायतका अन्य परामर्श सेवा संचालन गरेको छ । जापान भरिनै यस्ता सेवा प्रवाह गर्न दूतावासको सहयोगमा सधै कार्यक्रम गरिरहने एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले बताए ।

घुम्ती शिविर साईतामा, गुन्मा, नागोया फुकुओका, इबाराकीमा सम्पन्न गरि सकेको एनाआरएनएका क्षेत्रीय समन्वय समिती संयोजक तथा उपाध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए । कार्यक्रममा एनाआरएनएका वरिष्ठ उपाध्यक्ष नविन निउरे, उपाध्यक्षहरु महेश कुमार कटुवाल, सगिता अधिकारी सुवेदी,महासचिव शिद्धार्थ श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

शिविर बैशाख १६-१९ गते (अप्रील २९, ३० र मे १ र २ तारीख) सम्म चारदिन संचालन हुने दूतावासका उप-नियोग प्रमुख अम्बिका जोशीले बताए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार