काठमाडौं । नेपाल प्रहरीले काठमाडौं चाबहिलस्थित सरस्वतीनगरमा भाडा पसल सञ्चालक निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएको बताएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) ले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको देखिएको बताएको छ ।

हत्यामा संलग्नको आरोपमा प्रहरीले झापाबाट विनोद बिकलाई शनिबार पक्राउ गरेको थियो । उनलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । ७ वैशाखमा निराको हत्यापछि उनले निराले लगाएको सिक्री लुट्नुका साथै काउन्टरमा भएको ११–१२ हजार रुपैयाँ लुटपाट गरेको थियो ।

बिकले उक्त सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ । निराको हत्याअघि बिकले उक्त पसल हेरेर फर्किएको र दोस्रो पटक गई हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।

सीआईबीका प्रवक्ता एसएसपी दिनेश आचार्याले भने, ‘थप अनुसन्धान भएर नयाँ चिज पनि आउन सक्छ । अहिले हाम्रो प्रारम्भिक अनुसन्धानमा सिक्री लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिन्छ ।’

निराको परिवारसँग यसअघि बिकको सम्पर्क भएको नपाइएको पनि प्रहरीले बताएको छ । ‘मृतक र मृतकका परिवारसँग यसअघि उसको सम्पर्क भएको देखिएन’ एसएसपी आचार्यले भने । बिकले आर्थिक समस्याका कारण लुटपाट गरेको पाइएको पनि एसएसपी आचार्यले बताए ।

नीरा पाण्डेको हत्या गरेपछि विनोद विक एक सातासम्म काठमाडौंमै बसेको खुलेको छ । विभिन्न डिस्कोमा यसअघि बाउन्सरका रुपमा काम गरिसकेका विनोद भक्तपुरको लोकन्थलीस्थित साथीको घरमा एक साता अघिदेखि बसेको खुलेको छ।

सीआईबीका प्रवक्ता एसएसपी दिनेश आचार्याले पत्रकार सम्मेलनका क्रममा यसअघि चाबहिलको एक डिस्कोमा बाउन्सरका रुपमा काम गरेका विनोदले सरस्वतीनगरको सबै विवरण थाहा पाएकैले निरुलाई लुट्नकै लागि हत्या गरेको खुलेको बताए।

विनोद विश्वकर्मा गत वैशाख ७ गते भक्पुरको लोकन्थली–१ स्थित साथीको घरमा एक सातादेखि बसेको खुलेको छ। उनी वैशाख ७ गते बस चढेर चाबहिलको केएल टावरम्म आएको देखिन्छ ।’ आचार्यले भने, ‘त्यसपछि उनी दिउँसो २ बजेतिर निरुको पसलमा छिरेको देखिन्छ। त्यसपछि उनले भाँडा किन्न हेरेको पनि पाइएको छ। २ बजेर ३३ मिनेटतिर एटीएमबाट पैसा निकाल्ने नाममा उनी त्यहाँबाट निस्केका थिए। तर फेरि २ बजेर ४४ मिनेटमा सलमा पसेर पछाडिबाट निरुलाई आक्रमण गरेको पाइएको छ।

विनोदले निरुकै पसलमा रहेका छुरीले हानेको प्रमाण पनि प्रहरीले बटुलेको छ। ‘पसलकै छुरीले निरु पाण्डे आचार्यलाई कयौँ पटक प्रहार गरेपछि उनले लगाएको करिब १ तोलाको सुनको सिक्री र काउन्टरको १२ हजार लिएर उनी हिँडेको पाइयो ।’ आचार्यले भने, ‘त्यहाँबाट उनी सफा ट्याम्पोमा चढेर ओम अस्पताल पुगेको भेटिएको छ। त्यहाँबाट बाइक चढेर जडीबुटी झरेपछि लोकन्थली साथीकै घरमा बसेका रहेछन्।’

प्रहरीले साथीको घरबाट घटनाका क्रममा रगत लागेको विनोदको सर्ट पनि बरामद गरेको छ। ुघटनामा लगाएको कपडा ब्याग र जुत्ता बरामद भएको छ। साथीको कोठाबाट रगत लागेको कालो टिसर्ट पनि बरामद भइसकेको छ ।’ उनले भने, ‘लुटेको सुनको सिक्री तारकेश्वरस्थित पाथीभरा सुनचाँदी पसलमा ५५ हजारमा बेचेका रहेछन्। हामीले त्यसलाई बरामद गरेका छौँ।’

आचार्यका अनुसार उनले उक्त सिक्री वैशाख १३ गते ५५ हजारमा बेचेका थिए । विनोदको घर पनि झापा नै हो। प्रहरीका अनुसार निरूको हत्यापछि विनोद एक सातासम्म काठमाडौंमै घुमेका थिए। ‘उनले वैशाख १३ गते उक्त सुनको सिक्री बेचेपछि वैशाख १४ गते मात्रै झापातिर लागेको पाइयो ।’ उनले भने, ‘उनी घटनापछि काठमाडौंकै ठाउँ ठाउँमा घुमेको पाइयो।’

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार