जापान। जापानको मियाजाकीमा उत्पादिन ताजा लिची हालसम्मकै उच्च मूल्यमा बिक्री भएको छ। पहिलो लिलामीमा ९ वटा लिचीको १ बाकस २० हजार येनमा बिक्री भएको छ।

आँपपछि मियाजाकी प्रिफेक्चरको विशेष गुणस्तरी फल हुने उद्देश्यले खेती गरिएको दुर्लभ ताजा “लिची” को पहिलो लिलामी मियाजाकी सहरमा यहि मे ९ गते आयोजना भएको थियो ।

९ तारिख बिहान मियाजाकी सहरको केन्द्रीय थोक बजारमा “लिची” को २५ वटा बाकस लाइनमा राखि यो सिजनको पहिलो लिलामी आयोजना गरिएको थियो। जापानमा वितरण गरिएका धेरैजसो लिचीहरू फ्रोजन गरेको अवस्थामा आयात गरिन्छन् । अब भने मियाजाकी प्रिफ्क्चरमा , तिनीहरुलाई आँप जस्तै उच्च गुणस्तरको स्थानीय विशेष फलको रूपमा उत्पादन गरिन थालिएको हो ।

९ तारिखमा भएको लिलामीमा, ९ वटा लिचीहरु राखिएको १ बाकसको उच्चतम मूल्य २० हजार येन कायम भएको थियो । थियो, यो गत वर्षको भन्दा दोब्बर महंगोमा बिक्री भएको हो ।

जापान एग्रीकल्चर मियाजाकी इकोनोमिक फेडरेशनका अनुसार यस वर्षको लिची करिब १० टन बिक्री हुने अपेक्षा गरिएको छ । यो साविककै बराबरको उत्पादन हो।उत्पादिन लिची मियाजाकी प्रिफेक्चरका साथै कान्तो क्षेत्रमा पठाईने गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार