टोकियो/जापान। जापानमा, G7 हिरोशिमा शिखर सम्मेलन नजिकिँदै गर्दा, महानगरीय प्रहरी विभागले टोकियोमा आज(१२ तारिख)देखि सुरक्षा सतर्कता स्तर बढाएको छ र विमानस्थल तथा रेल स्टेशनहरू जस्ता आशान्ति मच्चाउन। सहज हुने स्थानहरु “सफ्ट टार्गेट” भनिने ठाउँहरूमा गस्ती तथा सुरक्षा जाँचलाई कडा बनाएको छ।
हवाइ मार्गको प्रवेशद्वार मानिने हानेदा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा महानगरीय प्रहरी विभागको विमानस्थलको आतङ्कवाद प्रतिरोधी इकाईका प्रहरीहरुको संख्या व्यापकरुपमा बढाइएको छ ।भने टोकियोका सबै जसो रेल स्टेशनहरुमा उच्च सुरक्षा सतर्कता अप्नाईएको छ ।
प्रहरीहरुले बुलेट ट्रेन, साविकका रेल सेवा? तथा सबै प्रकारका सवारी साधनहरुमा उच्च निगरानी सहित गस्ती सुरु गरेका छन् ।यसका साथै फोहोर संकलन भाडोहरुमा शंकास्पद वस्तुहरू हुनसक्ने अनुमान सहित त्यस्ता स्थानहरुमा पनि चेक चाँच बढाएका छन् ।
विदेशमा, ठूला-ठूला अन्तर्राष्ट्रिय सम्मेलनहरूलाई लक्षित गरी शृङ्खलाबद्ध आतंकवादी हमलाहरू भएका नजिरहरु छन् । त्यस समयमा ,त्यस्ता सम्मेलन स्थलभन्दा धेरै टाढाका सहरहरूलाई निशाना बनाइएका घटनाहरू भएकाले जापानभरकै ठूला सहरहरुमा सुरक्षा बढाईएको प्रहरीले जानकारी गराएको छ ।
हिरोशिमा शिखर सम्मेलन नसकिनुजेल जापानको टोकियो लगायतका प्राय जसो स्थानहरु शंकाष्पद लागेमा जो केहि व्यक्तिहरु माथी चेक जाँच हुनसक्नेछ। त्यसैले यि समयमा विशेष ख्याल गर्नुहोला । हिरोशिमा शिखर सम्मेलन यहि १९ तारिखबाट २३ तारिखसम्म जारी रहनेछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




