काठमाडौं । एप्पल अहिले आईफोन १५ सिरिजका स्मार्टफोनहरू सार्वजनिक गर्ने तयारीमा छ । बजारमा आईफोन १५ को चर्चा चलिरहँदा आगामी वर्ष सार्वजनिक हुने आईफोन १६ सिरिजको जानकारी बाहिरिएको छ ।
एप्पलका उत्पादनहरूको भित्री जानकारी बाहिर ल्याउने साइछ नाइन टु फाइभ म्याकले आईफोन १६ को स्क्रिनको जानकारी बाहिर ल्याएको छ ।उक्त जानकारी अनुसार आईफोन १६ सिरिज अन्तर्गतको आईफोन १६ प्रो र १६ प्रो म्याक्स (अल्ट्रा) मोडेलमा स्क्रिनको साइज ठूलो हुनेछ।
यसो त आईफोन १५ प्रोको स्क्रिनको विषयमा पनि विभिन्न जानकारीहरू बाहिरिएका छन् । विशेषगरी उक्त मोडेलमा राउन्ड एज (गोलाकार किनारा) डिजाइन हुने, टाइटनियम फ्रेम, क्यामेरा अपग्रेड र टाइप-सी पोर्ट हुने बताइएको छ । आईफोन १५ प्रो सिरिजमा आएका फिचर तथा डिजाइन नै आईफोन १६ को बेस र प्लस मोडेलमा आउने बताइएको छ ।
नाइन टु फाइभ म्याकले प्रकाशन गरेको रिपोर्टमा आईफोन १६ प्रो म्याक्स मोडेललाई कम्पनीले आईफोन १६ अल्ट्रा नाम दिने उल्लेख छ । जसमा ६.९ इन्चको स्क्रिन हुनेछ ।यसले गर्दा यो मोडेल अन्यको तुलनामा ठूलो हुने अपेक्षा गर्न सकिन्छ । अहिले आईफोन १४ प्रोमा ६.१ इन्चको स्क्रिन रहेको छ । आईफोन १६ प्रोमा भने ६.३ इन्च स्क्रिन हुने जनाइएको छ ।
त्यस्तै आईफोन १५ प्रो पनि यही साइजमा उपलब्ध हुने जानकारी बाहिरिएको छ । एप्पलका विश्लेषक मिङ चि कुओका अनुसार एप्पलले ती मोडेलमा पेरिस्कोप लेन्स फिट गर्नुपर्ने भएका कारण ठूलो डिस्प्ले उपलब्ध गराउन लागिएको हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




