टोकियो/जापान। राजकुमार अधिकारीले गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।वर्तमान कार्यसमितिको उपाध्यक्ष रहेका अधिकारीले अध्यक्ष पदमा दाबेदारी घोषणा गरेका हुन् ।

लामो समय एनआरएनए जापानको विभिन्न पदमा रहेर जापानमा नेपालीको हक हितमा काम गर्दै आएका अधिकारी यस पटक एनआरएनएको नेतृत्व सम्हालने प्रतिष्पर्धामा देखिएका छन् ।अधिकारीले नेपालन्युजपोस्टसंग भने -“एनआरएनए जापानको विधानमा भनिएजस्तै,नेपालीका लागि नेपाली भन्ने मूल नारालाई सार्थक बनाउनका लागि म प्रतिबद्ध छु।”

जापानमा रहेका नेपालीको हकहित संरक्षणमा निरन्तर लाग्दै आएका अधिकारी आगमी दिनमा थप शिर्ष नेतृत्वको जिम्मेवारी सहित जापानमा रहेका व्यवसायी, श्रमिक, पेशागत तथा अन्य क्षेत्रमा आवद्ध भएकाहरुका लागि कानुनी तथा भाषागत एवं अन्य भइपरी आउने समस्याहरुमा सहयोग गर्दै विभिन्न रुपमा जापानी क्षेत्रबाट पाउन सकिने अवसरको खोजी का लागि पहल गर्न आफुले अध्यक्षमा दाबेदारी प्रस्तुत गरेको बताउँछन् ।

अधिकारी,जापानमा रहेका नेपालीका लागि श्रम, सीप तथा भाषागत समस्या समाधानका लागि ‘हेल्प डेक्स’ नै स्थापना गर्ने,नेपाली विद्यार्थीका लागि अध्ययनसँगै रोजगारीमा समन्वय गर्ने,ठूलो संख्यामा रहेर पनि वर्षौदेखि थिचोमिचो सहँदै आएका रेस्टुरेन्ट क्षेत्रमी संलग्न कुक दाजुभाई तथा दिदीबहिनीहरुको समस्या सम्बोधन गर्ने लगायतका उल्लेख्य सकारात्मक कदमहरुमा कटिबद्ध भएर लाग्ने बताउँछन् ।

अधिकारी भन्छन “मेरो दाबेदारी,संधैभरी केन्द्रिकृत भईरहेको एनआरएनए जापानको नेतृत्वलाई क्षेत्रमा रहेकाहरुले पनि,सकारात्मक परिवर्तन गराउन सक्छन् भन्ने उदाहरण पनि हो ।”

अधिकारी आफुलाई जापानबासी नेपालीहरुले मत दिई नेतृत्वमा पुर्याए भने,नेपाल जापान बीचको सामाजिक भाईचाराको सम्बन्ध सुमधुर गर्नको लागि सिर्जनात्मक कार्यक्रमहरुको साथै आर्थिक विकासलाई पनि महत्व दिई दुई देश बीच आर्थिक साझेदारी गराउने,जापान बसाइ सकिएर नेपाल गएकाहरुले नेपालबाटै पेन्सन लिन पाउने व्यवस्था लगायतका सम्झौता गर्न सक्रिय रहने, प्रवासी नेपालीहरुले संघसंस्थाबाट पाउने सुविधा बारेमा अबगत गराउने तथा उक्त सेवा सुविधा लिनको लागि एनआरएन जापान मार्फत सम्वन्यत्मक भूमिका निर्वाह गर्ने, जापानमा हाल रहेका नेपाली मजदुर तथा व्यवसायीहरु बीच भएका कार्यअवधि तथा तलव सुविधाहरु लगायतका समस्याहरु समाधानको लागि सक्रिय रुपमा पहल गर्ने लगायतका प्रमुख योजनाहरु पुरा गर्ने बताउँछन् ।

यसका साथै,जापानमा अध्ययनरत विद्यार्थीहरुलाई पढाइ सकेपछि रोजगारी खोजीमा सहजीकरण गर्ने, एनआरएन जापानमा प्रवेश हुन चाहनेहरुलाई बाह्रै महिना सदस्य लिन सकिने गरी नीति बनाउने, एनआरएनको आर्थिक विवरणहरु वेबसाइट, फेसबुक लगायत सार्वजनिक माध्यममा त्रैमासिक अवधिमा सबैले थाहा पाउने गरी सार्वजनिक गर्ने पनि उनको योजना रहेको छ।

यसका अलवा,जापानमा कसैको मृत्यु भए तिनको परिवारलारलाई दिइने सुविधाहरुका लागि प्रभावकारी उपायहरु कार्यन्वयन गराउँने,नेपाली तथा ईन्डियन रेस्टुरेन्टहरुमा क्रियाशील कुक पेसामा कार्यरत नेपालीहरुको क्षमता अभिवृद्धिका लागि सम्बन्धित क्षेत्रका दक्ष कुकहरुबाट तालिम लिन सकिने व्यवस्था गर्ने लगायतका सुधारात्मक कामहरु गर्ने बताउँछन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार