जापान सोचाई र भोगाई मा आकास पताल को फरक छ यहा को कमाई र खर्च वरावरि नै हुन आउछ झनै भनौ विध्यार्थी जिवन मा २८ घन्टा मात्र काम गरेर जिवनयापन गर्न धौ धौ पर्न सक्छ ।

बैक को ब्याज र कलेज फि रुम भाडा बत्ति पानी ग्यास ईनसुरेन्स नतिरि हुदैन भनौ राम्रो साथी पाईएन काम पाउन गारो भयो भने र आफुले पनी पुराना हरु संग गर्ने व्यावहार त्यही अनुसार गर्न सकिएन भने यहा पल्लो रुममा कोही सुतेकै ठाउमा सकियो भने ओल्लो रुमको लाई खबर समेत हुदैन र रिन को चाप काम नपाउनु वा काम बडी गरेर आफ्नो स्वास्थमा ध्यान नदिनु ले पनी हामी लाई धेरै कम्जोरी बनाउने गर्छ ।

जापान मा जति सानो भएर हिड्यो त्यती नै फाईदा जनक छ साथिले आईफोन किनो मलाई पनी चाहियो भनेर महंगो समान खरिद गर्ने महिनामा कति खर्च गर्ने र कति बचत गर्ने भन्ने कुराको अनुमान नहुनु पैसा फुर्मास गर्नु फजुल खर्च बडी गर्ने हरुलाई पनी धेरै समस्या परि रहेको हुन्छ । एउटा राम्रो काम पाएर लगातार काम नजानु काम हरु परिवर्तन गर्नु आफुलाई सधै हेपेको महशुस हुनु काम छाड्दै हिड्नु ले पनी आफु लाई कम्जोर बनाई रहेको हुन्छ । कहिले काहि नियम कानुन को पालना नगर्नु आफुले गरेको काम मात्र सहि लाग्नु जस्को कुराहरु ले पनी आफु त्यस माहोल मा घुलमिल हुन नसक्नु वा आव्यावहारीक साथिहरुको गलत संगतमा पर्नु पर्नु लै लै मा लाग्नु वास्तविक्ता नबुझी हो हल्लाको भरमा कुनै गलत निर्णय लिनु ले पनी उत्तरचडाब ल्याउने गर्दछ ।

भाषाको कम्जोरी भाषा लाई प्रथम मान्यता नदिनु काम गर्न आएको हौ भाषा किन चाहियो भन्नु पनी आफु भोली गएर पछी पर्नु हो । अर्को भ्रम के छ भने जापान मा hand cash काम गर्छु भन्ने तर यो एक ईलिगल काम हो र यो काम सबैले पाउछन भन्ने छैन र यस्तो भर पर्नु पनी आफु पछी पर्नु हो हामी त्यो समय वर्वाद गरि रहेका हुन्छौ जति बेला हामी हरुले भाषा मा मिहेनत गर्ने समय थियो त्यही भएर पनी पछी आफै लाई गलत गरियो भन्ने महशुस हुदै जान्छ । याहा माथि सम्म पुगेर राम्रो काम गर्ने भाषामा पुक्त भएकाहरु धेरै कम भेटिन्छन उनीहरु लाई जापान को बसाई एकदमै सहज र सरल सेवासुविधाहरु पुर्ण रुपमा पाईरहेको र खुशी देखिन्छन भने भाषा कम्जोर हुनेहरु हरेक दिन समस्यामा गुज्रि रहेको पाईन्छ ।

त्यसैले आज रिन छ खर्च छ केही गर्न सकिदैन भन्ने भावना लाई त्यागी भोली म केही गर्छु भाषा बनाएर सपना पुरा गर्छु भनेर मनमा अठोट भावना बोकेर हिड्नु भयो भने तपाई का आगामी दिनहरु सहज सरल हुनेछन । खेलको मैदान मा लडिन्छ भाचिन्छ टुट्छ फुट्छ र मात्र जित हासिल हुन्छ बाहिर गेम हेर्ने हरु ले कहिले मेडल पाउदैन्न् । त्यसैले आत्महत्या समस्या को समधान हैन मिहेनत र मन मा केही गर्छु अघी बड्छु भन्ने भावना राखि हिड्नुस हिजो जापान आउन नपाउदा कति तनाब थियो जापान कहिले जाने भन्दै हास्ने हरु लाई सम्झेर अघी बड्नुस तपाई कहिलै हरेस खानु पर्ने छैन ।
(यो समाग्री रमेश रिजालको सामाजिक संजालबाट लिइएको हो )

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार