काठमाडौं । एलन मस्कको कम्पनी स्पेस एक्सको लगानी भएको एलेफ एरोनोटिक्सले उड्ने कारको परीक्षणको अनुमति पाएको छ ।
क्यालिफोर्नियाको उक्त कार निर्माता कम्पनीले हालै एक विज्ञप्ति जारी गर्दै फ्लाइङ कार ‘मोडल ए’ का लागि संघीय उड्डयन प्रशासन (FAA) बाट उडान अनुमति पाएको जानकारी दिएको हो । कम्पनीले आफूलाई उड्ने कारको परीक्षणका लागि अनुमति पाउने पहिलो कम्पनी भएको समेत दाबी गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुरा गर्दै एलेफका सीईओ जिम डिखोब्नीले भने, “यसले हाम्रो समय बचत गर्न वातावरणलाई जोगाउन उत्तिकै मद्दत गर्छ । यो विमानका लागि एउटा सानो काम होला तर कारका लागि एक विशाल कदम हो ।”एलेफका अनुसार एफएएले उक्त कम्पनीलाई केही सीमित क्षेत्रमा मात्र परीक्षण गर्नका लागि उडान अनुमति दिएको छ । एलेफ यस्तो कम्पनी हो जुन हाल आकाशमा उड्ने र जमिनमा गुड्ने कार निर्माणमा केन्द्रित छ ।
कम्पनीले यस्तो गाडी निर्माण गरेको दाबी गरेको छ जसलाई अहिलेको बाटोमा सहजै गुडाउन सकिन्छ । यस गाडीमा एक पटकमा दुई जनाले मात्र यात्रा गर्न सकिने बताइएको छ ।
सीईओ डिखोब्नीले गत डिसेम्बरमा सीएनबीसीलाई अन्तर्वार्ता दिँदै २०२५ सम्म उड्ने कार आकाशमा देख्न सकिने बताएका थिए ।
कम्पनीले आफूले उड्डयन अनुमति पाएको खबर सार्वजनिक गरेपछि एलेफको शेयर ४४ प्रतिशतले बढेको बिजनेस इन्साइडरले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




