टोकियो/जापान। गैरआवसीय नेपाली संघ (एनआरएनए) आईसिसिको आगामी कार्यकालका लागि हुने निर्वाचनमा जापानबाट रविन शेरचनले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

“सक्षम नेतृत्व एक ढिक्का एनआरएनए” भन्ने नारा सहित सबै अट्ने राम्रो र हाम्रो एनआरएनए बनाउने प्रमुख उद्देश्य लिएर जापानका ब्यवसायी शेरचनले उम्मेदवारी दिने घोषणा गरेका हुन ।

विहिबार टोकियोमा शुभचिन्तकहरु माझ जन्मदिन मनाएका शेरचनले आन्तरिक तयारी एवं साथि शुभचिन्तकको आग्रहमा आईसिसीमा जाँदा देश विकासमा थोरै भएपनि टेवा दिने र एनआरएनएमा केहि मात्रमा भएपनि राम्रो गर्न सकिने हुँदा नेतृत्वमा बसेरनै एनआरएन अभियानलाई एकता र सबैको साझा बनाउन भुमिका खेल्न सकिने महशुस गरि आफुले उम्मेदवारी दिएको बताए ।

वर्तमान आईसिसि सदस्य रहेका शेरचनले,विभिन्न मुलुकमा रहेका एनआरएन अभियन्ता साथीहरुबाट अनुरोध आएकोले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेद्वारी दिने निर्णय गरेको बताए।

नेपाल र जापानमा लगानी गरिरहेका शेरचनले जापानमा नेपाली, जापानी, ईटालीयन एवं ईन्टर कन्टीनेन्टल रेष्टुरेन्ट व्यवसाय संचालन गरिरहेका छन

गैरआवसीय नेपाली संघ (एनआरएनए) आईसिसिको आगमी अधिवेशन अक्टोबरमा नेपाल हुने छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार