टोकियो/जापान ।गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सचिवमा मनोज श्रेष्ठले उम्मेद्वारी दिने घोषणा गरेका छन्।

गैरआवासीय नेपाली संघ जापानको ११ औँ अधिवेशनको मिति नजिकिँदै गर्दा विभिन्न पदका प्रत्यासीहरुले धमाधम उमेद्वारी घोषणा गरिरेहका छन् । यसैबिच एनआरएनए जापानको आगामी (सन २०२३-०२५) कार्यकालको लागि सचिव पदमा श्रेष्ठले उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

सन २०१५ देखि एनआरएनए जापानको साधरण सदस्य हुँदै सन् २०१७-०१९ को कान्तो क्षेत्रिय समितिको सह-सचिव हुदैँ हाल एनआरएनए जापानको केन्द्रिय सदस्यका साथै हाईजिमा युथ क्लवको महासचिव, नेपाल जापान फुटबल एसोसिएसनको महासचिव, दोलखा समाजको केन्द्रिय कोषाध्यक्ष जस्ता विभिन्न पदमा रहेर काम गरेको अनुभव भएका श्रेष्ठले अब,एनआरएनए जापानको सचिवमा आकांक्षा राखेका हुन्।
‘युवा एकता समाजको आवश्यकता, एनआरएनएलाई सक्रिय र चलायमान बनाउने मेरो प्रतिवद्धता’ भन्ने नारा सहित श्रेष्ठले सचिवमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार