टोकियो/जापान। गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आसन्न ११औँ अधिवेशन पश्चात हुने कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन गरिएको छ।

नव गठित निर्वाचन समिति संयोजकमा ईन्जिनियर डम्वरराज पौडेललाई चयन गरेको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिए । पौडेलका  अनुसार ३  सदस्यीय निर्वाचन समितिमा ईन्जिनियर डम्वर पुन र पत्रकार आनन्द कोइरालालाई चयन गरिएको छ। यस्तै बैठकले निर्वाचन अनुगमनका लागि शिवप्रसाद पौडेल र कृष्ण अधिकारीलाई चयन गरिएको छ।

जुलाई १४ तारिक एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलको अध्यक्षतामा बसेको अनलाईन बैठकले आगामी २९ तारिक अधिवेशन तथा ३० तारिक अनलाईन प्रणालीबाट निर्वाचन गरिने जनाएको छ। अनलाईन भोटिगंका लागि पहिलो पटक आईसीसीले तोकेबमोजिम भेरोभोटिगं प्रणालीबाट निर्वाचन गरिने छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार