टोकियो/जापान।जापानमा यतिखेर नेपाली समुदायको संख्या दिनानु बढ्दो छ। झण्डै १ लाख ५० हजारको हाराहारीमा नेपालीहरुको संख्या बढ्दै गर्दा,यहाँ अवसर मात्रै होईन थुप्रै चुनौतीहरु पनि थपिँदै गएका छन् । त्यस मध्ये एक महत्वपूर्ण चुनौत या पक्ष,जापानमा आंसिक तथा पूर्ण कालिन् काम प्राप्ती र प्राप्त भएको काममा टिकिराख्ने चुनौती हो।

खासगरी,जापानमा पार्टटाईम जब(आंसिक काम) गर्नेहरुको काम छुट्ने समस्याहरु अझ बढि हुनथालेका छन् । यसका पछाडी हाम्रा विविध कमिकमजोरीहरु छन् । जापानमा के कारणले काम गुमाउँछन् भन्ने सवालमा धेरै तर्कहरु हुनसक्छन् तर करिब १०० मा ५ जना काम छुट्ने प्रमुख कारण हरुलाई यसरी बुझ्न सकिन्छ।
१.काममा ढिलो पुग्नु
२.हाप पाईन्टमा काममा जानु
३.चप्पल लगाएरै काममा जानु
४.टप मुन्द्रा सिक्रि ट्याटु
५.स्कट लुंगि मै काममा जानु
६.च्यातिएको पत्रे पाईन्ट मा उस्थित हुनु
७.हल्ला गर्नु
८.सिफ्ट बारम्बार क्यान्सिल गर्नु
९.हेन्जि नदिनु
१०.दाह्रि कपाल नमिलाउनु ( सबै ठांउमा पर्दैन )
११.काममा निदाउनु
१२.ब्रेक टाईम बाट ढिला फर्कनु
१३.पटक पटक ढिला पुग्नु
१४.झर्कनु , बटारिनु
१५.म यो काम सक्दिन भन्नु
१६.बिदेशिहरु संग मस्किनु लिडर संग ठुस्किनु
१७.काम छोडेरै गफ्फिनु
१८.हरेक पटक फरक बाहाना बनाउनु
१९.निषेधित क्षेत्रमा चुरोट उडाउनु
२०.मध्यपान गरि काममा जानु
२१.तोकिएको ठाउमा मा काम नगर्नु
२२.टाईमकार्डको राम्रो संग प्रयोग नगर्नु
२३.कम्पनि भित्र नियम बिपरित भिडियो फोटा खिच्नु
२४.झगडा गर्नु
२५.काम गर्ने कम्पनिले लागु गरेका नियम नमान्नु ।
अन्य विविध ।

यसरि भाषा नहुदा नहुदै पनि बल्ल बल्ल पाएको पार्ट टाईम जब बाट सामान्य नियमहरु नजान्दा नमान्दा त्यो काम बाट बन्चित हुदा रहेछन् ।
माथिका बुदाहरु मध्ये प्रमुख कारण नं १. समय
जापानमा १ मिनेट ढिलो काममा पुग्दा पनि ईन्ट्रि पाईदैन ।
तर नबआगन्तुक नेपाली हरु ए भैहाल्छनि ५ मिनेट त हो नि भन्दै ढिला पुग्नु हुन्छ ।
( नोट : ( १००मा ५ जना )६ सय ८३ जनाको रिपोर्टमा आधारित छ ।
यो मेरो आफैले तैयार पारेको डाटामा आधारित रिसर्च हो )
तपाईसंग मेरो आकडा मेल नखान पनि सक्छ ।
-नारायण पोख्रेल

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार