टोकियो/जापान। गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकाल सन २०२३- २५ कालागि नेत्र पान्डेयले सदस्य पदमा उम्मेदवारी दिने बताएका छन् ।

पान्डेयले,सामाजिक संजाल मार्फत यस पटकको ११ औँ अधिवेशनबाट एनआरएनए जापानमा औपचारिकरुपमा पद लिएर काम गर्ने उदेश्य सहित आउन चाहेको बताउँदै उम्मेद्वारी घोषणा गरेका हुन् ।

सरल,सबल र परिष्कृत एनआरएनए जापानको उद्घोष सहित,यस अभियानमा आउन लागेका पान्डेय एनआरएनए जापान कान्तो, गुल्मेली समाज जापान तथा अन्य युवा समूहरहरुमा सक्रिय रहँदै आएका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार