टोकियो/जापान। जापानको प्रमुख ३ मध्येको १ दुरसंचार सेवा प्रदायक कम्पनी एनटीटी दोकोमोस इन्टरनेट जडान सेवा पलला बाट ५० लाखभन्दा बढी व्यक्तिहरुको व्यक्तिगत जानकारी चुहावट घटनामा आउटसोर्सिंग कम्पनीका एक पूर्व अस्थायी कर्मचारीले डेटा निकालेको पुष्टि भएको सार्वजनिक गरिएको छ।

गत मार्चमा, एनटिटि दोकोमोले इन्टरनेट जडान सेवा पलला र भिडियो वितरण सेवा हिकारी टिभीका ५२ लाख ९० हजार प्रयोगकर्ताहरूको नाम, ठेगाना र फोन नम्बरहरू जस्ता व्यक्तिगत जानकारीहरु चुहावट भएको घोषणा गरेको थियो।

यहि २१ तारिख , कम्पनीले आन्तरिक अनुसन्धानको नतिजा घोषणा गर्दै,लगभग ५९ लाख ६० हजार ग्राहकहरुको व्यक्तिगत जानकारी चुहावट भएको र उक्त डेटा,कर्मचारी आउटसोर्स गर्ने समूह कम्पनीका पूर्व अस्थायी कर्मचारीले अवैध रूपमा बाहिर लगेको खुलासा गरेको हो।

ति अस्थायी कामदारको जागिर यो जानकारी बाहिर ल्याएको भोलिपल्टदेखि, सम्झौता अवधि समाप्त भएको बुझिएको छ।
कम्पनीले पुर्व तयारी सकिने बित्तिकै व्यक्तिगत रूपमा इमेल वा अन्य पत्र मार्फत व्यक्तिगत सुचना चुहावट भएका ग्राहकहरूलाई सम्पर्क गर्ने बताएको छ। तर उनीहरूले अहिलेसम्म क्षतिपूर्तिको बारेमा भने कुनै बिचार गरेको देखिएको छैन।

कम्पनीले ग्राहकहरूमा पर्न गएको असुविधा र चिन्ताको लागि माफी मागेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार