टोकियो/जापान। युवा व्यवसायी रामु कँडेलले गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकाल (सन २०२३-२५)को लागि केन्द्रीय सदस्य पदमा उम्मेदारी दिएका दिएका छन्।

डेढ दशकदेखि जापानमा रहँदै आएका कँडेल,बिहुँकोट समाज जापानको उपाध्यक्षपदमा रहि सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् भने,अब एनआरएनए जापानको केन्द्रीय समितिमा रहेर आफ्नो सामाजिक कर्मलाई थप फराकिलो र सक्रिय बनाउने उदेश्यका साथ केन्द्रीय सदस्य पदको आकांक्षी बनेको नेपालन्युजपोस्टसंग बताए ।

कँडेलले सामाजिक संजालमा उम्मेदारी घोषणा गर्दै,लेखेका छन् – “बिगत १६ वर्ष देखी बिभिन्न सामाजिक कार्यमा सहभागिता जनाउदै आयको छु, बिहुँकोट समाज जापानको आजिवन सदस्य हुदै सदस्य केन्द्रीय कोषाध्यक्ष हुदै बर्त – मान उपाध्यायमा कामगरीरहेको छु र मेरो सामाजिक काममा चाहाना लाई अझै फराकीलो पार्दै एनआरएन मार्फत हजुरहरू संग जोडिने काम गर्ने मेरो चाहानालाई हजुरहरूको साथ सपोट को अपेक्षा सहित मैले केन्द्रीय सदस्य पदमा उम्मेवारी दिएको घोषणा गर्दछु ।यहि २९ तारीक अधिवेशन र ३० तारीक अनलाईन प्रणाली बाट मलाई अत्यधिक भोट गरी विजयी गराईदिनु हुन हार्दिक अपिल गर्दछु ।”

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार