टोकियो/जापान। गैरआवासीय नेपाली संघ(एनआरएनए )जापानको आगामी कार्यकाल(सन २०२३-२५)को लागि बर्तमान कार्यसमितीमा सदस्य रहेका सचिन शर्मा (आचार्य) ले उम्मेदारी दर्ता गराएका छन् ।

रेडियो/टेलीभीजन पत्रकारितामा संलग्न सचिन,क़रीब १० वर्ष अघी थप अध्ययनका लागि जापान आइ, हाल जापानमा इन्जीनियरको रूपमा कार्यरत छन।

वर्तमान कार्यसमितिमा सदस्यकारुपमा रहेका,सचीन,आफ्नो आगामी कार्यकालमा अध्यक्षले ल्याएका योजनाहरुलाई लागु गराउने र एनआरएन भित्रनै सिस्टममा काम को सुरुवात गर्ने बताउँछन् । “पछील्लो समय एनआरएनका काम राम्रो छन तर सिस्टममा हामी अली चुकिरहे जस्तो लाग्छ,अब अली नया ढंग बाट एनआरएन लाई अगाड़ी बढ़ाउनु पर्च,परम्परागत ढंगमा रमाउनु हुदैन “उनले नेपालन्युजपोस्टसंग भने।

सचिन भन्छन्- “एनआरएनका अधिकांश औपचारिक/अनौपचारिक कार्यक्रमहरु पट्यार लाग्ने र लामो हुने भएकाले अन्त्य सम्म कमै मान्छे रहने गर्छन , अब अली प्रोडक्टिभ काम र समयको पावन्दी भित्र रही काम गर्ने सिस्टमको अवश्यकता छ ।”

एनआरएनए जापानको यहि जुलाई २९ तारिख,११ औँ अधिवेशन तथा ३० तारिख निर्वाचन तय भएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार