टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी)को सदस्यमा जापानबाट व्यवसायी विजेश थकालीले उम्मेदवारी दर्ता गरेका छन् ।

नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष थकालीले जापानबाट एनआरएनए आइसीसी सदस्यमा आगामी कार्यकाल २०२३-०२५ को सदस्यमा उम्मेदवार दर्ता गराएका हुन् । थकाली जापानमा लामो समयदेखि व्यवसाय तथा विभिन्न सामाजिक संघ/संस्थाहरुमा सल्लाहकार रहँदै आएका छन् ।

एनआरएनए जापानको यहि जुलाई २९ तारिख ११ औँ अधिवेशन तथा जुलाई ३० तारिख निर्वाचन तय गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार