ओसाका/जापान। गैरआवासीय नेपाली संघ जापान एनआरएनए कान्साई क्षेत्रीय समितिको सचिव पदमा विकास अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्।
अधिकारीले उम्मेदवारी घोषणा गरेसंगै सम्पूर्ण कान्साईबासी नेपालीहरुलाई मतदान गर्न अनुरोध समेत गरेका छन्। सचिव पदमा सहमति हुन नसकेपछि चुनावमा होमिनु भएका अधिकारी विद्यार्थीको रूपमा जापान आएदेखि नै नेपाली विद्यार्थी समाज नेसाज जापानमा आबद्ध भई नेपाली विद्यार्थीहरुको समस्या समाधान सगै संभावना र अवसरहरुको खोजी लगाएतका कार्यहरु गर्दै आएका छन् ।
सन २०१७-२०१९ मा,नेपाल जापान विद्यार्थी समाज नेसाजको नेतृत्वदायी भूमिकामा रही जापानको इतिहासमा नै पहिलो पटक अनलाइन जापानी भाषामा वक्तृत्वकला प्रतियोगिता सफलता पूर्वक सम्पन्न गरेका थिए। अधिकारी,नेपाली समुदायका हरेक समस्याहरुमा अघि सरी समाधान गर्न अग्रसर हुने गर्दछन् ।
सन २०१९-२०२१ मा एनआरएनए कान्साईको सदस्य र सन २०२१-२०२३ मा सहसचिवमा रही जिम्मेवारी कुशलता पूर्वक पुरा गरिसकेका अधिकारले यस पटक सचिवमा रहेर काम गर्नको लागि उम्मेदवारी दिएको बताए ।जापानी भाषामा समेत दक्षता हासिल गरेका अधिकारी आफु, जापानी भाषाका कारण आउने समस्याहरुको सजिलो संग समाधानका लागि पहल गर्न योग्य रहेको बताउँछन् ।
अधिकारीले,एकता नै बल हो भन्ने कुरालाई आत्मसाथ गर्दै सामाजिक एकता र भाइचारामा आच आउन नदिई संस्थामा सबैको अपनत्व महसूस हुने गरी अघि बढ्न सम्पूर्ण कान्साई बासी महानुभावहरुमा जुलाइ ३० मा हुने निर्वाचनमा मतदान गरी सहयोगका लागि अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




