टोकियो/जापान।गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी)को सदस्यमा जापानबाट युवा ब्यवसायी सुमन कार्कीले उम्मेदारी दर्ता गराएका छन् ।

जापानबाट एनआरएनए आइसीसी सदस्यमा आगामी कार्यकाल(सन २०२३-०२५)को सदस्यमा जापानबाट पर्यटन व्यवसायी सुमन कार्कीले उम्मेदवारी घोषणा गरि दर्ता गरेका हुन् ।

कार्कीले नेपाली कला,संस्कृति र पर्यटन प्रर्वर्द्धनलाई विश्वभर पुर्याउनका लागि एनआरएनए आईसिसिमा मेरो उम्मेदारी भन्दै उम्मेदारी दर्ता गराएका हुन् । एनआरएनए आईसिसिमा पुगेपछि नेपाली कला,संस्कृति र पर्यटन प्रवर्द्धनमा घनिभूतरुपमा लाग्ने सुमनको भनाई छ।

एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद सदस्य छ जनाको लागि बिष्णुप्रसाद घिमिरे, बाबुराम खरेल, विजेश थकाली, छत्रबहादुर दाहाल, कृष्ण केसी (थम्मन खत्री), राम थापा अनिल, श्री भक्त गुरुङ,विकास श्रेष्ठ र सुमन कार्की गरि नौ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

एनआरएनए आइसीसी सदस्य निर्वाचित हुनको लागि जुलाई ३० तारिखको निर्वाचनबाट निर्वाचित हुनु पर्ने छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार