टोकियो/जापान।एनआरएनए जापानको अध्यक्षमा नबिन निउरे  चयन भएका छन् ।  उनले २९५५ मत सहित   जित हासिलगरेका हुन् ।

उनि निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष पदमा कार्यरत थिए।यस्तैगरि,उपाध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठ,कृष्ण गैरे,देबराज उप्रेती,सुभास लामिछाने र सचिन श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी महिला उपाध्यक्षमा एलिजा केसी भण्डारी बिजयी भएकी छिन् ।

त्यसैगरि नयाँ कार्यसमितिको महासचिव पदमा टिकाराम खरेल,सचिवहरुमा दिलिप कँडेल,दिपेश खत्री र अर्जुन थापा निर्वाचित भएका छन् । महिला सचिवमा भने चन्द्र कुमारी केसी निर्विरोध चयन भएकी थिइन ।

यस्तैगरि,कोषाध्यक्ष पदमा दिपक सुनार,सहकोषाध्यक्षमा राम बहादुर थापा चयन भएका छन। महिला सह कोषाध्यक्षमा अन्जु भण्डारी यस अघिनै निर्विरोध चयन भएकी थिइन ।

यसैगरि,महिला संयोजकमा हेमा पाण्डे र युवा संयोजक पदमा मुक्तिराज रेग्मी निर्विरोध चयन भएका छन् ।

यसका साथै नयाँ कार्यसमितिको सदस्य पदमा,दिनेश लोहनी,कृष्ण प्रसाद कँडेल,नेत्र प्रसाद पाण्डे,ध्रुब गौतम,रामु कँडेल,बिनय गुरुङ,ज्योति केसी र दिलिप शर्मा चयन भएका छन् ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार