जीवन भन्ने बित्तिकै सुख दुख ,हासो रोदन को एक बिशाल महासागर हो । जुन महासागर मा डुबुल्कि मार्न या भनौ सफर गर्न गर्न मात्र किन नहोस् सपना बुन्नु पर्छ भनौ या तँ देख्नु पर्छ ,त्यस्तै सपनाको एक प्रगतिथुम्को बन्न पुग्यो मेरो लागी जापान । पुर्बिपहाड सगरमाथा को काख सोलुखुम्बु मा जन्मिएको म ,सपनाको सहर नियाल्न गत वर्षको अप्रिल मा आइपुगे जापान । कोरोना माहामरिले २ वर्षको धैर्यता पश्चात जापान आउन पाउदा स्वर्ग को आभास भएको थियो ,अझ भनौ , “नन्दनको “सफर थियो ।
यस महासागर मा हाम फालिसकेपछी दुईवटा नाउमा खुट्टा टेक्नैपर्ने थियो की पैसा कामाउने या. त बिध्या आर्जन गर्नै । यो सन्जालले मलाई गिता मा भन्नु भएको “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन मा कर्मफलहेतुर्भुर्मा ते संगोऽस्त्वकर्मणि ॥ “लाई आत्मासाथ गर्नै मौका दियो जसले भन्छ तपाई काम गर्नुस् तर फलको आश नगर्नुस ,राम्रो कर्म ले अबस्य राम्रो फल दिन्छ ।पैसा तँ कमाउने नै हो तर पनि पहिला शैक्षिक क्षेत्र लाई अगाडी बडाउनु. पर्ने थियो तर सरल भने अबस्य थियन ।
किनकि जापानिज भासको नाममा टाउको हल्लएर “हाइ ” हाइ” भन्न शिबाय अरु मेरो लागी सगरमाथा चड्नु जत्तिकै थियो ।
तथापि अग्रज दाईदिदी हरुको कृपा भनौ या भाग्य को खेल सुरुमै कोनबिनि को काम पाय ,तर मेरो लागी” इरस्याईमसे” “अरिगतोउ गोजाइमास “ओअजुकरिमास “जस्ता शब्दहरू मेरोलागि रावन का १० टाउका हुन् झै लाग्थ्यो बेला बेला तँ सोच्थे इरास्याइमासे छोडेर यमातो को नागिसी तिर लम्किउ या त फिलिपिनी आमा हरु संग बेन्तोको लाइन मा भोलिको लागी खाना तयार गरौं । तथापी केही पलको दुख ले अबस्य पनि खुसी दिन्छ भन्ने आत्माबिस्वास कहिलै टुटेन भास स्कुल को गतिविधि ले मलाई हरबखत अगाडी बढ्न प्रेरणा दिइरहन्थ्यो ।
भाषा स्तर विस्तारै बड्दै थियो भासा स्कुल graduate हुने बेला भयो ।बुज्दै गय के पढ्ने त दाईगाकु की सेन्मोन ?कार ,होटेल, बिजिनेस मैले सुनेका विषय हरु यस्तै थिय।नेपालमा पनि होटेल पढेको हुनाले होटेल पढ्ने रुचि थियो तर होटेल को स्नातकोत्तर नहुने रहेछ ,यही समय अन्तराल ले मलाई भन्दै थियो “अगाडि बढ बिकास “अगाडि बढ “ साथमा भाषा स्कुलका शिक्षक को हैसलाले झन् आत्मासाथ गर्यो मैले बिशाल निर्णय लिए ,यो माहासागरको एक जहाज चड्ने ,मतलब अब भाषा स्कुल छोडी बिजिनेस पढ्न दाइगाकु तर्फ को यात्रामा लम्किए ।
प्रवेशिका परीक्षा दिए ,अन्धकारको अगुल्टो जस्तै भयो जब म उतिर्ण भएँ । सुरुवातिको केही हप्ता स्वागत कार्यालय बिषय, विद्यालय को परिचय शभा हरु भए ।खान्जी को चित्र समेत राम्रो संग कोर्न नसक्ने मैले 4 वर्षको भबिस्य चित्रण गर्नपर्ने भयो ।मुख्य विषय बिजिनेस भन्दा बाहेक मनोविज्ञान, खेलकुद ,जापनिज भास संस्कृत बिदेसि भाषा कम्प्युटर जस्ता थुप्रै विषय र समय छनोट गर्न लगाइयो ,त्यसमा मैले १२ओटा बिषय छनोट गरि १दिन बिदा राखे ,जापनमा यसै २ दिन बिदा हुन्छ अब स्कुल ४दिन मात्र जादा हुने भयो ,खुसिको त कुनै सिमा नै भएन !
जापान आएको १ वर्ष भैसकेको थियो तर पनि जापानीज र जापनिज सस्कार हरु मेरो लागि बिल्कुल नया थिय … भाषा स्कुलमा पढाउने सर मिस जस्ता जापनिज साथि भेटे पछि पक्कै केहि सिकिन्छ भन्ने कुरामा बिस्वस्त थिय म ,यसले झनै मोहित बनायो पृय जापान ! मैले नेपालको शिक्षा प्रणालि सङ तुलना गरेको त हैन तर मैले कुनै दिन पनि किताबका ठेलि बोकेर स्कुल गएको छैन , यहा मास्टर हरु आफै भन्छन ‘बिस्वबिध्यालय भनेको आफै खोज र अनुसन्धान गरेर पढ्ने ठाउ हो ‘ !सामान्य मान्छे भन्दा विस्वविध्यालय पढ्ने बिधार्थि सङ प्रसस्त समय हुन्छ बर्षमा दुइचोटि २महिनाको लामो र छोटा बिदा हरु हुन्छन ! नेपालमा पढ्न मन हुदा हुदै बिदेशिन बध्य हामि ,यो समयलाई आफ्नो रुचिको क्षेत्र मा सदुपयोग गर्दै केहि समय मेहेनत गर्ने हो भने जापनको university तपाइको लागि पनि उत्तम गन्तव्य हुन सक्छ ।
तसर्थ जो दाईगाकु को प्रलोभन मा हुनुन्छ नबिर्सिनुस :-
भाषा हो सभ्यता हाम्रो
सारा उदय उन्नति
जित वैभव भाषा मै
रहन्छन पछि सम्म ति
बिकाश बास्तोला
बिध्यार्थि
nagoya university of economics
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




