सुन मेरी बहिनी !
नेपालमा बेरोजगारीका कारण तिमीजस्तै धेरै बहिनिहरु प्रदेशिएका छन् । प्रदेशिने संख्या बढे संगै नेपालीहरुका राम्रा नराम्रा कुराहरु बढ्नु स्वभाविकै हो । जापान महिलाका लागि सुरक्षित देश मानिन्छ तर यो देशमा पनि अन्य देशमा जस्तै अपराधिक घटना हुन्छन् । नेपालमा जस्तो मिडियामा कम आउने भएकोले हामिलाई थाहा नभएको मात्रै हो ।
बलात्कार ,ठगि ,चोरि कुटपिट हत्या जस्ता जघन्य घटना जापानमा पनि हुन्छन् है । तिमि त टोकियो मा आयौ जापानमा पनि गांउ बन जंगल उकाली ओरालि छन् । गांउ तिर त झन् सुनसान छ हुन्छ । तिमि संग टोकियो आएका र टोकियो बाहिर आएका बहिनिहरुलाई यो कुरा सुनाईदेउ ल ।
बहिनिी यो चकाचक टोकियो भित्र तिमिले अलिअलि भाषा नजान्दा सम्म र जापानको नियम नबुझ्दा सम्म यि कुरामा ध्यान देउ ल ।
१. “ दाई तपाईले जे भन्नुहुन्छ त्यहि मान्छु “
मलाई काम लगाईदिनुस् । यो शब्द प्रयोग नगर । जे भन्नु हुन्छ त्यहि मान्छु भन्यौ भने तिमिलाई पापी नरपिचासहरु त्यहि वाक्यबाट गलत दृष्टिकोण ले हेर्न सुरु गर्छन र फरक ठांउमा पुर्याउछन् ।
२. बिदेशिहरु संग धेरै कुरा नगर। खुरुखुरु आफ्नो काम गर्नु अरुको मतलब नराख्नु । बिदेशिहरुले त झन् छिटो फसाउने गर्छन
३. आफ्नो कार्ड हरु आधिकारिक ठांउ बाहेक ब्यक्तिहरुलाई नदिनु
५. कसैको कोठामा नजानु
६. जापान आएर परिचय भएका साथिहरुलाई झट्ट बिस्वास नगर्नु
७. कसैले मेनसेचुको दिन अफिस टाईम र अफिस मा भन्दा नन्य समय वा अन्त बोलायो भने नजानु ।
८. आफ्नो बिगत र पारिवारिक कुराहरु भर्खर चिनेका मान्छेलाई नखोल्नु त्यसबाट तिम्रो कमजोरि पक्ष पत्ता लगाएर फाईदा लिनेहरु सलबलाउने छन् ।
९. काममा आफ्नो ईमान्दारिता देखाउ अरुको लागि नबोल ।
१०. नजानेको कुरा ५० पटक सोध तर अनुमानको भरमा नगर।
११. खाना निन्द्रा काम र पढाईको ब्यालेन्स मिलाएर लैजाउ।
१२. स्वास्थ्यलाई सबै भन्दा बढि ध्यान देउ । बिरामि परियो भने पानी खान दिने मान्छे नै हुदैन प्रदेशमा ।
१३. रातमा अबेर सम्म ट्युटि छ भने अन्तिम ट्रेनको ख्याल गर ।
१४. ट्रेनमा फोनमा कुरा नगर ।
१५. बस ट्रेन चढ्दा (युसेनसेकि ) मा छौ भने बृद्धा सुत्केरि अपांगता भएका यात्रुलाई आफु बसेको ठांउ छोडिदिनु । त्यसले तिमि प्रति हेर्ने दृष्टिकोण नै राम्रो बनाउने छ ।
१६. पोष्ट बक्स हरेक दिन चेक गर्ने गर
१७. तिम्रो कलेजमा हाजिरि १०० % बनाउ । भोली भाषा कमजोर भए पनि सेनमोन जान र भिषा रिन्यु गर्न राम्रो हुनेछ ।
१८. कसैलाई नढाट नछल , काममा सिफ्ट राखे पछि टाईममा उपस्थित हुने गर । कारण बस् ढिला हुने भए कारण खुलाई ढिला हुने कुरा समय अगाडि नै जानकारि गराउ ।
१९. कोहि कसैसंग झगडा नगर । कानुनि फन्दामा पर्दा जापानका नियम हरु बेग्लै छन् । कारण बस अनुसंधानमा परियो भने अनुसन्धान नसकिदा सम्म पुलिसले कसैलाई जानकारि गराउदैन ।
२०. हरेक ठांउका नियम हरु फरक फरक हुन सक्छन् जस्तै
तिमि बस्ने घरको नियम फोहोर फाल्ने तरिका स्कुलको नियम
काम गर्ने कम्पनिको नियम जहा जस्तो नियम छ भने बमोजिम मान ।
बहिनि यि र यस्तै अरु धेरै कुराहरु पनि छन् । बाको त्याग आमाको माया, साहुको रिण आफन्तको सहानुभुति सम्झेर आफ्नो भविष्यलाई उज्जल बनाउन पट्टि समय खर्च गर्नु पर्छ ।
केहि कुरा गल्ति बाट नया पाठ सिकिन्छ भने कतिपय गल्ति गर्नै हुदैन । नजानेर भएका गल्तिले पनि कानुन को सम्म पुर्याउन सक्छ ।
अतःबहिनि माथिका कुरा हरु पालना गर्दा गर्दै पनि आफु अप्ठारोमा परियो र कसैले कुनै कुरामा जबर्जस्ति गर्न खोज्यो , अन्याय गर्यो भने कलेजको सेन्सेई को सहयोगमा नजिकको प्रहरि चौकिमा उजुरि गर ।
नारायण पोखरेल
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




