जीवन एउटा यात्रा रहेछ ,अनन्त यात्रा तर गन्तब्य विनाको यात्रा रहेछ । गन्तब्य चाहिँ आफैले खोज्नु पर्ने यात्रा ।’ मान्छेको जीवन ठीक यस्तै छ । जन्मेपछि नमरुन्जेल हिंडिरहनु पर्ने यात्रा अर्थात् सङ्घर्ष गरिरहनु पर्ने । भोलि कहाँ पुग्ने हो,कसैलाई थाहा छैन । गन्तब्यको खोजी चाहिँ आफैले गर्नुपर्ने यात्रा । हरेक मान्छे त्यही यात्रामा छन् र म पनि त्यही यात्री हुँ। यहां हरेक मान्छे आफ्नो सपना पूरा गर्न संघर्षका कठिन पाइलाहरु चाल्छन् र आदर्श जीवनको एउटा उच्चाईमा पुग्न सफल हुन्छन् ।
जिन्दगीको सपना पनि बढो अजीब अजीवका हुँदा रहेछन। सबैको सपना फरक फरक भयर नै होला ,सवै आफ्नो -आफ्नो बाटोमा दौड धूप गरिरहेका छन् आफ्नो आफ्नो सपनालाई सफल र सार्थक पार्नका लागि । मैले पनि २०७२ सालमा एसएलसी पास भए लगतै (HA ) हेल्थ असस्टेन्ट बन्ने सपना बुनेर कोहलपुर को यात्रा तय गरे , सवै बुझ्दा( HA)पढेर नेपाल मा जागिर पाउन निकै कठिन लाग्यो पाए पनि प्राइभेट हस्पिटल मा अनि त्यसको तलवले पढेको पैसा असुल हुनत परै जावोस विहान खाए पछी बेलुका भोकै बस्नु पर्ने हुन्छ भन्दै केही अग्रज ले भन्दै हुनुहुन्थ्यो अनि म केही हस्पिटलमा काम गर्ने दाई हरूलाई पनि सोधे उहाँहरुको पीडा यि र यस्तै थिए ,(HA ) हेल्थ असस्टेन्ट पढ्ने पैसाले नेपालमा केही गर्न नसकेपनि बिदेश गएर बढि पैसा कमाउन सक्छु जस्तो लाग्यो । बरू यतिबेला बाटै पैसा जम्मा गरेर राख्छु बिदेश जानलाई भनेर क्षिक्षा संकाय मा भर्ना गरे अनि ,काम खोज्न थाले सुरुमासुरूमा काम पाउन निकै अप्ठेरो भयो । एउटा रेडियोमा काम को लागि अनुरोध गरे तर रेडियोमा काम गर्नको लागि म सङ्ग केही सिप थिएन अनी मैले स्वयंसेवकको रुपमा करीब ३ महिना काम गरे र सवै काम सिके पछी मलाई कामदारको रुपमा काम पाए र सुरु गरे अब म आफ्नो लागि खर्चको जोहो गर्न सक्ने भए अनि बिस्तारै एउटा बोर्डिङ स्कूल मा पनि काम गर्ने मौका पाए जिन्दगी ठीक ठाक चले जस्तो भयो ।विहान विद्यार्थीको घरमा मा गएर(होम टियुसन्) पढाउने ,लगत्तै कोचिङ क्लास अनि स्कूल त्यसपछि साँझ रेडियो यस्तै गरी दैनिकी चलाउँदै तीन वर्ष वितेछ।
मान्छेका रहरहरु पनि कति ठूला विराजमान हुँदारहेछन् है। बिस्तारै बढ्दै गरेको उमेरले कता कता अब छिट्टै धनी हुन खोज्दै छ। घरमा भने मलाई सरकारी कर्मचारी भएको हेर्न चाहानु हुन्छ अनि बाबा ममी र घरपरिवार बाट मलाई मैले छिट्टै लोकसेवा पास गर्न सक्ने विश्वाश दियर लोकसेवा पढन दबाव दिनु भयो । अनि लोकसेवा को कक्षा सुरु गरे सुरुमै पहिलो पत्रमा नाम पनि निस्कियो दोस्रो पनि राम्रो तयारी गरेको थिए ।
त्यत्तिकैमा विश्व महामारी कोरोना लहर चल्यो । सबै ठीकठाक चलिरहेको मेरो जिन्दगी सबैमा पुर्ण बिराम लाग्यो । लोकसेवा को तयारी पनि त्यस्तै भयो स्कूल पनि बन्द भयो । त्यहि नी छिट्टै कोरोना कहर सकिने आश बोकेर पढ्न भने छोडेन । निरन्तर पढ्दै गए तर कहिले लोकसेवा ले विज्ञापन बन्द गर्ने निर्णयले कता कता नेपाल मा काम गर्ने सबै आश मरिसकेको थियो । तेस्तै म एउटा घरमा (होम टिउसन) पढाउँथे त्यही घरको नानी बाबुको बाबा जापानमा हुनुहुँदोरहेछ।
उहाँसंग मलाई जापानको बारेमा केही जान्न मन लाग्यो ,अनि उहाँसंग जापानको बसाई र कमाइको कुरा सोधे उहाँले सुरूमा निकै दुःख हुन्छ सर, हजूर जस्तो मान्छेको लागि जापान सुहाउँदो देश हैन् जस्तो लाग्छ मलाई बाँकी हजुरको विचार केही मैंले गर्न सक्ने सहायोग भए भन्नु सर म जहिले नी गर्नेछु भन्नु भयो। मैंले विश्वास नलागेर मैले जापानको बारेमा युट्युब मा हेर्दै जाँदा जापानको कमाई मार्सीक चार लाख कमाउन सक्ने धेरै भिडियो थिए, त्यहाँ उहाँ सरले भनेको जस्तो कसैले जपानको वारेमा दुख कसैले भनेका थिएनन् ।
जापान जाने मैले निर्णय गरे, एउटा कन्सल्टे्सीलाई सम्पूर्ण विवरण बुझाएर आए केही महीना पछि तपाई लाई बधाई छ तपाईंको जापान जाने सिवोई (COE) आएको छ छिटै पैसाको जोहो गर्नुहोला भन्दै फोन् कट्यो।
गाउँघरमा सयको तिन प्रतिशत ब्याज दिने अनि गएको छ महिनामै ऋण चुक्ता गरिदिन्छु भने पछी सबैले आफूसँग भएको सबै पैसा मलाई दिन राजी भए ,दिए पनि। जापान का लागि विधार्थी भिसा आउँदा अनि, त्यो कागज हातमा पर्ने बित्तिकै मलाई लाग्यो ‘संसार जिते मैले। अब मेरो नयाँ संसार सुरु भयो।’ केही दिनमै जहाज चडेर जापान पनि आइपुगे । म अब छिट्टै धनी मान्छे बन्ने छु ठूलो मान्छे बन्ने छु यस्ता र यस्तै सपना सजायको थिए ,तर त्यो होइन रहेछ। जापानमा त काम ,जाने वित्तिकै पाउछ,कतिकति भनेर जसरी सोचिन्छ त्यो कदापी होइन। नत यहाँ रुखका पात टिपे जसरी पैसा कमाउन सकिने रहेछ। आएको तिन महिनासम्म म काम नपाएर बसे।
जापान आईपुग्नु भन्दा पहिला नै मैले जापान मा जे काम भेटिए पनि गर्छु भन्ने निर्णय गरेको थिए । मैले मनलाई यसरी दह्रो बनाएको थिए कि जापान पुगेर शौचालय सफा गर्ने काम मिल्यो भने पनि स्वीकार गर्ने छु। । जे काम आइपर्छ गर्छु।
जापान त आइपुगे तर नेपालबाट कन्सल्टे्सीले भनेको अनुसार केहि भएन जापानमा तपाईं पुग्ने वित्तिकै तपाईंलाई, तपाई पढ्न जाने कलेजको सरहरु तपाईंलाई रिसिभ गर्नेछन् तर त्यो नभएर यहाँ स्कूल बिदा (आईतवार)परेको दिन टिकट काटिदिए छ। विमानस्थलमा नै सुरुकै दिनमा अलपत्र परे न कलेजको सर लिन आए न कन्सल्टे्सीले फोन उठाउँछ।केही उपाय लागेन लास्टमा पढ्न आउने स्कुल को नाम गुगलमा सर्च गरेर त्यहाँको लोकेसन हेरे त्यसलाइ जापानिज भाषामा उल्था( ट्रान्सलेट )गरेर जापनीसङ्ग सोध्दै सोध्दै पढ्न आउने स्कुल सम्म धेरै जना जापनिज को सहायोग मागेर जेनतेन पुगेँ।
जापान आइपुगेको भोलि पल्ट नै साथीभाइले जापान कस्तो छ काममा लागिसकेको हो भनेर सोध्दा हैन अव केहि दिनमै यहाँको सबै प्रकिया पुर्याएर सुरु हुन्छ भनेको थिए । अनि ऋण दिएका साहुले महीना कुरेर बसेका रहेछन् अव छ महिना नी पुग्यो , मैले दिएको वचन पनि सकिएछ बिस्तारै गाउँघरबाट फोनको घण्टी बज्न सुरु भयो , कसैको छोराको बिहे गर्ने निहुँ त कसको छोरालाई बिदेश पठाउने निहुँले , कसैले जग्गा किन्ने निहुँले पैसा माग्न सुरू गरे , मलाई भनें यता काम र भाषा कक्षा को तनाबले पिरोलेको थियो । यसो पढौं , भनेर पढन बस्दा घडीघडी बज्ने एसएमएसको आवाज र फोनको आवाजले मलाई पढ्न मन फिटिक्कै लाग्दैनथ्यो ।
एका बिहानै घर बाट फोन आयो बाबू घरमा साहु दिनहुँ पैसा माग्न आइरहन्छन्, कहीले तेरो बाबालाई थुक्छन कहीले कुट्छन् भन्दै ममी रुँदै हुनुहुन्थ्यो, म ट्रेनमा थिए मैले मामीको आवाज सुनेको थिए , म ट्रेन भित्र वसेको इशारा गर्दै फोन राखिदिए। यसो हेर्दा ट्रेन भित्र कोही कार्यालय समय जागिरेहरु सुटमा, विद्यार्थीहरु ड्रेसमा र अरु साधारण पोशाकमा छन् ।युवतीहरु आफ्नै सुरमा मेकअप मिलाउँदै छन् । उभिएका र बसेका अधिकांशले कानमा हेडफोन घुसारेका छन् । निहुरिएर आफ्नै मोवाइल हेरिरहेका छन् । केही पाका मान्छे किताबमा घोप्टिएका छन् । लाग्छ त्यहाँ कसैलाई कसैको वास्ता छैन !
म भने आफूलाई आफ्नो यो अवस्था देखेर मनमा अनेक कुरा खेलाउदै बसेको छु । लाखौँ पैसा ऋण लिएर पर्देशिनु , कसलाई पाे रहर हुन्छ होला र आफ्नो जन्म भुमि, जन्म दिएका बाबु आमा र सिंगो परिवार लाई छोडेर बिरानो मुलुकमा पसिनाको आहाल संग पैसा लाई साट्न को लागि। आफ्नै देशमै श्रम गरेर परिवार संगै बसेर दुई छाक मिठो मसिनो खाएर संगै जिवन कटाउन कसलाई रहर हुँदैन होला र त्यस किसिमको बातावरण र भाग्य सबै लाई काहाँ मिल्दो रहेछ र , आफ्नोे भाग्यलाई दोष लगाउँदै फेरी म मेरो परिवार को सुखद भविष्य को लागि परदेशीएको हुँ। परदेशीनु सवै नेपाली युवाको बाध्यात्मक अवस्था छ। परदेशी शब्द आफैमा कारूणिक व्यथा बोकेको बोझिलो शब्द ,जसमा दुख दर्द विछोड रोदन का कथा हरू मात्र भेटिन्छन्। परदेशीको बारेमा धेरै लेख्न मन छ तर आज अलि फरक प्रसंगको बारेमा लेख्न चाहन्छु।
मैले देखेको र मेरो दैनिकीमा जापान अनि समुन्द्र तट जतिकै सुन्दर र लोभलाग्दो पक्कै पनि छैन। यहाँ का मानिस को व्यस्तता देख्दा एस्तो लाग्छ कि यिनीहरु समय भन्दा अघि दौडीरहेछन। अति नै शन्तिपूर्ण मुलुक को रुपमा चिनिए पनि यहाँ आउने अन्तर्राष्ट्रिय विद्यार्थी हरुको दैनिकी अन्त्यन्तै तनाबपूर्ण नै रहेको छ। यी सब कुरा हरुको बाबजुद पनि यहाँ आउने विद्यार्थीहरुको सँख्या दिन दुई गुणा अनि रात चौगुणा ले बडीरहेको छ। “नमरी स्वर्ग देखिदैन” भनेझै वास्तविक जापान देख्न इन्टरनेट मा हेरेको भिडियो र फोटो पर्याप्त छैन।
जापान सपनाको मुलुक मात्र होइन नेपालबाट हेर्नेले स्वर्गकै नाम दिइएको ठाउँमा आइपुगेर पनि किन नेपालीहरु आत्महत्याको बाटो रोजिरहेका छन् त? के कारणले डिप्रेसनमा पुग्छन्? के साँच्चै नेपालबाट सोचिने जापान अनि यहाँ आएपछि भोगिने जापानमा मा आकाश–पातालको फरक भएकै हो त? जापानलाई सपना ठान्नेहरु अनि यहाँ आएपछि यो ठाउँलाई नर्क भन्नेहरु प्रति समर्पिन गर्दै मेरो आफ्ना जपानको अनुभव साट्न चाहन्छु। ताकी कोही पनि जापानलाई सपना को देश सोचेर लाखौं रुपैयाँ ऋण लिएर नआउन्। जो आइसकेका छन्, बाटोमा छन् उनीहरु यहाँको वातावरण देखेर दिक्दार मान्दै बाँकी जीवननै समाप्त भएको ठान्दै आत्महत्याको बाटो रोज्नेतिर नजाउन्।।
मैले मेरो आˆनै उदाहरण दिनुको कारण चाहिँ मजस्तै अरुको उदासीनताबारे मैले ठाडठाडै किन लेखौँ त भनेर हो । जापानमा आत्महत्या , विकृति कम हुनुको सट्टा बढदो छ ।
जापान मात्रै कहाँ हो र, नाम चलेका विकसित भनिने सबैजसो देशहरुमा नेपाली विद्यार्थीको यस्तै अवस्था छ । किन नेपालि बिधार्थी ले स्वर्ग ठानेको जापान नर्ग सोच्दै आत्महत्या, डिप्रेसन र कुलतमा फस्दैछन ।
जापानमा बिदेशी बिधार्थी ले काम पाउने निश्चित समय तोकिएको छ तर त्यसले पनि कता काम गर्नु? काम गर्नका लागी काम पाउन पनि त पर्यो । काम खोज्नका लागि धेरै नेपालीहरु गुहारे। चिनेजानेका साथीभाई, आफन्तहरुलाई अनुरोध गरे। ‘लौन म आएको एक महिना भैसक्यो, अब त कति बेरोजगार भएर बस्नु? लाज पनि लागिसक्यो,’ म यसरी दिनदिनै भेटिएका नेपालीहरुलाई अनुरोध गर्थे। तर सजिलै काम के मिल्थ्यो र?
खोज्दै जाँदा नेपालीहरूले जापानमा काम पाउन सहज होस् भनेर फेसबुकमा धेरै पेजहरू खोलिएका रहेछन्। नेपाली हाककेन् हरुले पनि धेरै पोस्ट गरेका हुन्थे ,` कामको अवसर` अनि त्यो पोस्ट मा सम्पर्क गर्न खोज्यो भने धेरैले एसएमएस काे रिप्लाई नदिने दिए भने पनि कहिले आएको नेपालबाट जापान भन्ने भर्खर आएको हु भन्दा उहाँहरूले उत्तरमा हामीले ४ महिना काम नपाएर त्यसै बसेको हो भाई, नआत्तियौ ,यो काममा भाषा चाहिन्छ , यो काम विद्यार्थीको लागि समय मिल्दैन आदि आदि,भन्दै लास्टमा यहाँ कतै भाषा नचाहिने काम पाए भने, खबर गर्छु नी भाई भन्दै एसएमएस को रिप्लाई नै बन्द हुन्थ्यो।
फेरी अहीले विदेशी विद्यार्थी धेरै त्यसमा पनि नेपाली विद्यार्थी धेरै भएर होला तीमध्येको एक पेजमा केही एउटा पोष्ट राखिएको थियो। पोष्टमा भनिएको थियो– आंशिक कामदारको आबस्यकता जुसु सुकै बार ओके, जुनसुकै समय गर्नमिल्न, भाषा नचाहिने यि र यस्तै लेखिएको थियो ।त्यसमा मेरै कोठामा संगै बस्ने साथी र एक जना केटी सम्पर्क गरी अन्तरवार्ता मा बोलाइएको रहेछ। अन्तरवार्ता पनि दुवैले एकै पटक दिएछन् अनि त्यो बहिनीलाई त्यो काममा सम्पर्क गराइदिने एकजना नेपालीले पार्क मा भेट्न आए मात्र काम लगाइदिने भन्छन हजुरलाई बोलाएका छन् कि दाई भनेर मेरो कोठामा बस्ने साथीलाई फोन गरिन्। उस्ले मलाई त फोन गर्नु भएको छैन् फोन नि उठाउनु हुन्न भन्दै अरु कुरा गर्दै थिए । पार्क मा भेट्न आए पछि क्यासमा पनि काम मिलाइदिन्छु भन्नु भएको छ भन्नु भयको छ भन्दै कुरा गर्दै थिइन्।हो सबै नवआगन्तुक विद्यार्थीहरूले काम पाउनका लागि जे पनि गर्न सकिन्छ भन्ने मनोस्थिती बनाएका हुन्छन् यहाँको सेनपाई ले अनि नया विधार्थी ले जसरी भए पनि सो काम पाउनका लागि हतार गरिरहेका हुन्छन।
मैले भर्खरै एउटा अनलाइन लेख पढेको थिए लेखिएको थियो ‘ दाई तपाईं जे भन्नुहुन्छ त्यही मञ्जुर छ मलाई बिन्ती काम मिलाई दिनु ” भनी अनुरोध गरेको एउटा लेखले गह भरी आँसु भरियो । कामको लागि जेपनि गर्न सक्छु भन्नु कतिको पीडादायक शब्द छ। तिनै दिदीबैनीको समूह , जो यी चुनौती हरुको सामना गर्न नसकी सजिलो बाटो खोज्दै गलत बाटोमा लागिसकेको समेत पत्तो पाउनुहुन्न, तर यसको जिम्मेबार उहाँहरु मात्र हैन ’कारण यहाँ उनीहरुको दुःखको फाइदा सजिलै उठाउन मौका खोज्नेहरु पनि निकै महानुभावहरु हुनुहुन्छ जसको धमिलो मन सफा अनि चिटिक्क परेको लगाईको पछाडी लुकेको हुन्छ अनि येस्तै व्वाँसोको शिकार बन्न पुग्छन्।अनि कतिपय चेलीहरु काम लगाईदिने बहानाको शिकार हुन्छन , भने कतिपय दिदिबहिनी दाजुभाई चै बियर र चुस्की सँग रात्री पार्टीमा व्यस्त र मस्त हुन्छन अनि राम्रै बहाना हुन्छ उनीहरु सँग पिउन को लागि “धेरै टेन्सन छ येसो भुल्न को लागि पिदेको”तर समस्या रक्सि को नसा जति जति कम हुन्छ तेतीनै बढदै जान्छ।
यिनीहरू केही प्रतिनिधि उदाहरणहरू मात्र हुन्। यदि नेपालीहरूलाई सहयोग गर्नका लागि खोलिएका फेसबुक पेज वा वेबसाइटलाई नियालेर हेर्ने हो भने यस्ता सूचना वा पोष्टहरू प्रशस्तै भेटिन्छन्। दुःखद् कुरा त काम नपाएर पीडित नेपालीहरूलाई कम पैसामा काम लगाउने काम लगाइदिने भनेर पैसा माग्ने तथा शोषण गर्ने विदेशीभन्दा पनि नेपाली नै बढी भेटिन्छन्। त्यति मात्र होइन, भर्खर आएका भाइबहिनीहरूले काम नपाएर भित्रभित्रै पिल्सिएका, काम र कलेजको बोझले पिरोलिएका वा काममा अनेकौं दुःख भोगेका घटनाहरू यथेष्ट छन्।
आखिर किन गर्छन त नेपाली विद्यार्थी ले आत्महत्या मैले भोगेको र देखेको अनुसार केही क्याप्सुल प्रस्तुत गर्न चाहन्छु।।विद्यार्थीका लागि यी मात्र समस्या होइनन्। बुझ्न जरुरी के छ भने यदि सही मार्गनिर्देशन र सहयोग पाइएन भने यो त समस्याको शुरुवात मात्रै हो। यी समस्याको वेलैमा निराकरण नगरिएको खण्डमा यसको अन्त्य साह्रै दुःखद् हुने पक्का छ।विद्यार्थी भएर विदेशमा जाँदा कति कुरामा ध्यान दिनुपर्छ, कति कुराले विद्यार्थीलाई मर्का पार्न सक्छ र विद्यार्थी जीवनमा केके उतारचढाव हुन सक्छन् भनेर यसको गुण र दोषका बारेमा नेपाल बाटै परामर्श दिन सक्ने परामर्शदाता भएमा मात्र विद्यार्थीको मनमा केवल रंगीन सपना मात्र भरिँदैन, विद्यार्थीलाई भविष्यमा आइपर्ने कठिनाइसँग जुध्न पनि हौसला श्रृजना हुन्छ।
कन्सल्टे्सीको गलत प्रचार प्रचार
नेपाली विद्यार्थीलाई विदेशमा पठाउने भ्रम सिर्जना गर्नका लागि शैक्षिक परामर्शदाताहरुले अनेक विज्ञापनहरू गरिरहेका भेटिन्छन् । विज्ञापन हेर्दा लाग्छ कि ‘बिदेश पुग्नासाथ जिन्दगीले एउटा नाटकीय मोड लिँदै कायापलट हुन्छ ।’
विदेशमा जानेबित्तिकै धन, सम्पत्ति, पढाइ आदि सहजै आर्जन गर्न सकिन्छ भन्दै परामर्शदाताले आफ्नो व्यवसायिक सफलतालाई मध्येनजर गर्दै विज्ञापन गरेका हुन्छन् । केवल विद्यार्थी तानेर केही सेवा शुल्क लिनका लागि मात्र गरिएका यस्ता व्यापारमुखी विज्ञापन नै आत्महत्याका कारण बनिरहेका छन् । म जस्ता धेरै विद्यार्थीहरु जापान, जापानको बारेमा वास्तविकता नबुझेर नै यस्तो घटना घटेका हुन सक्छन ।
जापानमा मा आइपुगेपछि सोचे अनुसार नभएपछि डिप्रेसनको शिकार भएर धेरै नेपालीले अकालमा ज्यान गुमाइरहेका छन्। राति सहज रुपमा सुतेको मान्छे भोलीपल्ट बिहान मृत अवस्थामा भेटिन्छ। कोही मदिरा धेरै पिएर आफूलाई समाप्त पार्छन। यस्ता धेरै घटनाहरु छन्। यस्ता घटनाहरु सम्झँदा खेरिनै आङ जिरिङ्ग भएर आउँछन्। सपना बोकेर आउनेहरु कतिले आफूलाई वैधानिक बनाउन सकिरहेका हुन्छन् भने नसक्नेहरु पीडा, छट्पटीका बीच डिप्रेसनमा पुगेर बाँचेपनि दिनदिनै मरेतुल्य अवस्थामा मेसिन जसरी काम गर्दैछन् जापानमा ।
परामर्शदाताले विद्यार्थीको मनमा केवल रंगिन सपना मात्र भर्ने तर त्यहाँका समस्या र चुनौतीका कुराहरु लुकाउने गर्छन् । यसबाट विद्यार्थीको मनमा केवल रंगीन सपना मात्र भरिने तर विद्यार्थीलाई आइपर्न सक्ने कठिनाइसँग जुध्ने हौसला सृजना नहुने जस्ता कारण आत्महत्याका कारण बनिरहेका छन्।
।यही वर्ष मात्रै केहि महिना अगाडि फुकोका ओसाका नागोया मा केही विद्यार्थी मृत अवस्थामा फेला परेका थिए यी त उदारहण मात्र हुन् विशेष त विदेश अध्ययनका लागि गएका धेरै नेपाली युवा यूवतीहरुले आत्महत्या गरिसकेका छन् । जेनतेन मृत्युलाई धकेल्दै मान्छेले जीवन लम्बाउने प्रयत्न गरिरहने मान्छेकाे स्वभाव भएपनि विदेश अध्यनन गर्न गएका विद्यार्थीहरुको आत्महत्याको दर डरलाग्दो छ । हरेक बर्ष ४–५ जना विद्यार्थीले आत्महत्या गरेका छन् ।
जापानको रहनसहन सँग घुलमिल हुन नसक्नुः
हाम्रो देश जहाँ गफका भरमा बच्नेहरु को ठुलै जमात छ, तर विदेशमा बाँच्न अनि खान को लागि गफ हैन काम गर्न जरुरी छ। यहाँ मानिसहरु मुख चलाउनमा भन्दा बढी हात चलाउनमा विश्वास राखदछन्। हामी गफ गरेर खान पल्केकाहरुको लागि यो कुरा हजम गर्न केहि समय त पक्कै लाग्छ। नेपालमा हुँदा घाम टाउको माथि आइपुग्दा आमाले हजारौं पटक उठाउँदा पनि आमालाई उल्टै रिसाउने , ओछ्यान छाड्न गाह्रो मान्नी अहिले आलरम काे पहिलो घन्टी मा उठ्नु पर्ने , बिहानै ४ बजे नै झोला बोकेर मुख पनि राम्रो सग नधोइ काम का लागि हिड्नु पर्ने नेपाली दाजुभाई अनि दिदिबैनीहरुको बाक्लै उपस्थीति हुन्छ यहाँका ट्रेनमा कसैका आँखा राम्रो सँग खुलेका हुदैनन त कोही अझै काम पनि निन्द्रा मै गर्छन।आमा ले बिहान भरी लगाएर बनाएको खाना पस्केर राखिदिँदा त खाना खान जाँगर नचल्ने हरु अनि तिनै मान्छे जो आज घाम नउदाई उदाउछौ अनि पाउरोटी टोकेका भरमा बिहान देखि बेलका सम्म खटिनछौ। अनि घरमा आएर रामेन् चाउचाउ नुडल्स भुलुक्क ऊमालेर खाएर पुक्लुक लड्न विवश हुनुपर्छ। याे सवैले गर्न नसकी दुःख भयो हामी अप्ठेरो मा पार्यौ भन्दै नानाथरी नाटक रचेको धेरै समाजिक सञ्जालमा हेर्न पाइन्छ।
आर्थिक व्यवस्थापनको तनावः
‘कलेज फि तिर्नुपर्ने टेन्सन, भाडा, इन्स्योरेन्स, मोबाइल बिल,खाना, ट्राभल खर्च अनि अनेकथरि अन्य समस्याहरू हुन्छन् ।
पढाइको तनाबः
कलेजको गृहकार्य समयमै गर्नुपर्ने प्रेसर अनि गयल भइयो भने भिषा नआउने तनाव कलेजमा हुने दैनिक परीक्षा त्यो परीक्षामा फेल भइनें र अर्कोपटक पुन परीक्षा दिनुपर्ने सकसले विद्यार्थीहरुलाई मानसिक रुपमा बिस्तारै बिस्तारै विद्यार्थीलाई जिन्दगी बोझ बनिसकेको हुन्छ।
साथीको लै लै , देखासिखीः
जापानमा बस्नुहुने महानुभावहरुको जमात ले जो जापानमा गधा भन्दा बडी खाटीन्छन् अनि गोरु को भन्दा बढी जोतिनछन्। अनि येसो समय निस्के बियर को बोत्तले समातेर सामाजिक संजाल को भित्ता भरछन् अनि फेसबुक मा अनेकौ चेलीहरुलाई माया को सपना देखाउन भ्याईसक्छन
अलिकति राम्रै पढने र पारिवारीक अवस्था ठिकै भएका मानिसहरुको भविष्य खोतल्ने सपनाको नगरी भएको छ आजभोली नेपाली समाज मा जापान । नेपाल मा पनि पढाईको स्तर राम्रै हुनु, अरुको देखासिकी गर्नु ,अनि समाज मा अरुको अगाडी आफ्नो ईज्जत देखाउन आदि इत्यादी ले गर्दा यहाँ आउने मान्छे हो हुल क्रमश बढ्दो क्रममा छ ।
अन्त्यमा,
चोटैचोट सहेर आफ्ना हर्ष उमङ्ग चाहाना खुशीहरु लाई तिलाञ्जली दिदै ,आफ्नो जिम्मेवारी दायित्व लाई निभाउदा निभाउदै आफु आफैंमा हराएको आफुले आफैलाई बिर्सिसकेको एक दुखि मानव नै परदेशी हो। हामी धेरै नेपाली हरूमा धेरै यस्तै किसिमका दर्दनाक पिडा बिडम्बना र उदेकलाग्दो अबस्था हरू छन। सामान्य भन्दा पनि सामान्य आवश्यकता पुरा गर्न को लागि लाई मात्र पनि विदेशीनु पर्ने कस्तो काहालीलाग्दो बिसम परिस्थिति छ।
विदेशमा अध्ययन गर्न जानुसँगै अनेक दुःख, कष्ट, र पिडाहरू पनि हुन्छन् । दुःख जहाँ पनि छ । विद्यार्थी जीवनमा हुनु पनि स्वभाविकै हो । तर यसलाई समस्याको रूपमा मात्र लिइनु हुँदैन । यसलाई त आफ्नो क्षमताको प्रदर्शन गर्न सकिने गतिलो प्लेटफर्मको रूपमा लिएर सोही अनुरूप जीवनको केही उर्जाशिल वर्षलाई दृढ संकल्प र इच्छाशक्ति लिएर पार लगाउने अठोटका साथ आउन जरुरी छ । निम्न मध्यम वर्गीय परिवारबाटै आएका तर दृढ संकल्प र अठोट लिएर संघर्षशिल भएर आएका अनेक व्यक्तिहरू अहिले स्थापित भएका उदाहरणहरू पनि यही समाजमा प्रशस्तै छन् । समस्याबाट भाग्नु समाधान होइन, डटेर सामना गर्ने अठोट गरौं । विद्यार्थीहरूले दुःख गर्न सक्ने आत्मबल तथा आत्मविश्वास पनि ल्याउन उत्तिकै जरुरी छ ।
( यो लेखकको निजी अनुभव हो,सबैको भोगाई उस्तै नहुन पनि सक्छ र कतिको यो भन्दा दुखद भोगाईको अनुभव पनि हुनसक्छ।त्यसैले यहि लेखलाई पढेर जापानप्रति धारण स्पष्ट हुन्छ भनेर हामीले यो सामग्री प्रस्तुत गरेका होईनौँ। तर यस्ता अनुभहरु हुनसक्छन् भनेर चाहीँ प्रकाशन गरेका हौँ-सम्पादक)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




