टोकियो/जापान। जापानमा फेरि एक जना नेपाली महिलाको असामयिक निधन भएको छ।
नेपालको रुपन्देही बुटवल स्थायी घर भइ,जापानको राजधानी टोकियोको इताबासीमा बस्दै आएकी ४३ वर्षिया मिना डमरपालको उपाचारको क्रममा निधन भएको नेपाल मगर संघ जापानले जानकारी गराएको छ।
जापानमा श्रीमान तथा आफ्ना छोरीछोरीसंगै बस्दै आएकी मिना यहि अगस्ट १ तारिखदेखि भाईरल ज्वरोका कारण बिरामी भइ,टोकियोकै तोशिमा अस्पत्तालमा भर्ना भएको र २ सातासम्म क्रमिक सुधार देखिँदै आएको भएपनि अगस्ट १५ तारिख,अकस्मात अचेत भएपछि,त्यहाँबाट निहोन युनिभर्सिटी ईताबासी हस्पिटल रेफर गरिएको तर उपाचारकैक्रममा निधन भएको बताईएको छ।
मिना,नेपाल मगर संघ जापानका पूर्व उपाध्यक्ष गोबिन्द डमरपालकी श्रीमती हुन् ।उनको १ छोरा र १ छोरी सहित २ सन्तानहरु छन्। । मगर संघ जापानले यस दुखद घडीमा मृतकप्रति हार्दिक श्रद्धांजली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दै,अन्त्येष्टि लगायतका प्रकृयाहरुका लागि आवश्यक आर्थिक सहयोग जुटाउने कार्यमा हातेमालो गरिदिन जापानस्थित सम्पूर्ण नेपाली संघ/संस्था तथा समग्र नेपाली समुदायमा अनुरोध गरेको छ।
यदि यो दुखद घडीमा धेरै/थोरै आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने थापा ओम बहादुर नामको जेपी बैंकको खातामा
JP बैंक 10060-25941481
タパ オム バハドル
रकम जम्मा गरिदिनका लागि मगर संघ जापानका अध्यक्ष ओम काउचा मगरले अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा असामान्य रूपमा चाँडै फैलियो इन्फ्लुएन्जा, संक्रमितको संख्या लगातार बढ्दै
- एशियाली खेलकुद जापानमा सकियो, अब २०३० मा कतारमा हुने
- ओसाकास्थित नेपाली मन्दिरमा पाँचौँ चरणको सरसफाइ गर्दै ब्लु ब्वाइज युनियन
- जापानबाट जन्मभूमिमा खेलकुद अभियान जोड्दै दिलेन्द्र जोशी, लेकममा दशैं कप हुने
- जापानमा अक्टोबरदेखि भिसा नवीकरण शुल्क बढ्दै : १ वर्षको ३३ हजार, स्थायी बसोबासको २ लाख येन
- जापानमा नेपाली विद्यार्थीको पढाइ, रोजगारी र भविष्यबारे सेमिनार सम्पन्न
- नवलपुर समाज जापानको अध्यक्ष पदका लागि तीन जनाको नाम चर्चामा
- जनसम्पर्क समिति जापानले सबै क्षेत्रमा अधिबेसन गर्ने, प्रवक्तामा राजेश खनाल मनोनीत
- डायस्पोरा : विदेशमा नेपालको ‘बाह्रौँ खेलाडी’स्टेडियम भराउने नेपाली भीडले खेलाडीको प्रदर्शनमा कति फरक पार्छ?
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने




