काठमाडौं । प्रयोगकर्ताले लगाएको लुगाका आधारमा भविष्यका एप्पल वाच मोडेलहरूले स्वतः रङ फेर्ने भएका छन् । एप्पलले हालै दर्ता गरेको ‘इलेक्ट्रिक डिभाइस विथ कलर स्याम्पलिङ सेन्सर’ नामक पेटेन्टले यो कुराको सङ्केत गरेको हो ।
उक्त पेटेन्ट अनुसार घडी नजिकै भएका वस्तुको रङ एप्पल वाचले डिस्प्लेमा आफैं मिलाउन सक्नेछन् । यसका लागि वस्तुबाट रङ लिने र मिलाउने सेन्सर डिस्प्लेमुनि राखिने बताइएको छ ।
एप्पलको यो पेटेन्ट निकोलस पी बोनियर सहित अन्य ६ जना वैज्ञानिकले विकास गरेका हुन् । बोनियरले यसअघि एप्पल भिजन प्रोमा ‘LiDAR’ प्रयोग गरेर प्रकाश कम भएको अवस्थामा हेर्न सकिने प्रणाली समेत विकास गरेका थिए ।
यदि एप्पलले वास्तविक रूपमा यो फिचर ल्याए प्रयोगकर्ताले कुनै पनि वस्तुको रङजस्तै भएको घडी बनाउन सक्नेछन् । साथै यो फिचर ‘कस्टमाइजेसन’ का लागि उपयुक्त हुने पनि विश्वास गरिएको छ । जसकारण एप्पल वाच प्रयोगकर्ताले रमाइलो मान्ने पनि बताइएको छ।
यद्यपि एप्पलसँग पहिले नै धेरै प्रविधिको पेटेन्ट दर्ता छ । त्यस्ता कतिपय प्रविधि बजारमा आएका छैनन् । यसकारण यो फिचर कहिले बजार आउँछ भन्ने कुरा भने निश्चित छैन ।
एजेन्सी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




