टोकियो/जापान। सरकारी अनुदान आधा घटेपछि जापानका १० ठूला विद्युतीय कम्पनीले अक्टोबर महिनामा बिजुलीको महसुल बढाउने घोषणा गरेका छन् ।

कम्पनीहरुको घोषणा अनुसार, यस वर्ष अक्टोबरमा नियमित विद्युत महशुल दर सेप्टेम्बरको तुलनामा बढ्ने छ। यस अघिनै विद्युत महशुल बढाउने निर्णय भएको भएता पनि सरकारी अनुदानका कारण प्रत्यक्ष उपभोक्ताहरुलाई भार परेको थिएन । तर सरकारी अनुदानले निरन्तरता नपाउने भएपछि,कम्पनीहरुले अक्टोबरदेखि नयाँ विद्युत महशुल निर्धारण गरेका हुन् ।

नयाँ महशुल अनुसार,अक्टोबरमा,होक्काइडो इलेक्ट्रिक पावर ६७४ येन बढेर ८,३७३ पुग्नेछ।त्यस्तै तोहोकु इलेक्ट्रिक पावर ७४१ येन बढेर ७,६४१ कायम हुनेछ।टेप्को(TEPCO )७७७ येन बढेर ७,५७३ येन पुग्नेछ।
चुबु इलेक्ट्रिक पावर ७८२ येनले बढेर ७,१८१ येन कायम हुनेछ।होकुरिकु इलेक्ट्रिक पावर ६४२ येन बढेर ६,७६३ येन,
कन्साई इलेक्ट्रिक पावर ९१० येन बढेर ६,१४६ येन,
चुगोकु इलेक्ट्रिक पावर ६८४ येन बढेर ७,४३४ येन,
शिकोकु इलेक्ट्रिक पावर ७४८ येनले बढेर ७,४२५ येन,
क्युशु इलेक्ट्रिक पावर ८७५ येन बढेर ६,१२६ येन पुग्यो,ओकिनावा इलेक्ट्रिक पावर १०२४ येन ८,२०४ येनमा पुग्नेछ।

यो औसत प्रयोगकर्ताहरुको डेटाहरुसंगको तुलनामा प्रस्तुत गरिएको मूल्य हो। यसका अलवा सेप्टेम्बरको तुलनामा अक्टोबरको बिलको लागि अनुदान आधा घटाइएकाले खाना पकाउने ग्यासको दर पनि सेप्टेम्बरको तुलनामा चारै ठूला कम्पनीहरुले बृद्धि गर्नेछन् ।

अक्टोबरबाट ग्यासको औसत प्रयोग हुने घरमा ग्यासको मूल्य,
टोकियो ग्यास ४०८ येन बढेर ५,३४३ येन,ओसाका ग्यास ४०६ येन बढेर ५,८९२ येन,तोहो ग्यास ४२० येन बढेर ६,४९८ येन र
सेइबु ग्यास ३१० येन बढेर ६,१८१ येन हुनेछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार