टोकियो/जापान। जापानको नागोयामा एक जना ३३ वर्षिय नेपाली युवाको असामयिक निधन भएको छ।
नेपालको ललितपूर जिल्ला चापागाउँ स्थायी घर भइ पछिल्लो १ दशकयता जापानमा रहँदै आएका अनिल देशारको आज,नागोयामा उपचाररत अस्पत्तालमै निधन भएको हो ।
“जापानी कम्पनीमै कार्यरत अनिल पछिल्लो केहि वर्षयता स्वास्थ्यमा समस्या देखिएपछि उपचाररत थिए,पछिल्लो २ महिनायता अस्पतालमै भर्ना गरि उपचार गराइरहेका थिए,तर उपचार सम्भव भएन,आज दुखद निधन भयो”-एनआरएनए अभियन्ता दिपक केसीले भने।
श्रीमती साथैभएता पनि लामो समय उपचारमा खर्च भएकाले आर्थिक अवस्था नाजुक रहेको र मृतका आफन्तहरु समेत कोहि जापानमा नभएको बुझिएको छ। केहि वर्षअघि मात्रै विवाह गरेका अनिलको बालबच्चा भने नरहेको बताईएको छ।
अस्पत्ताल तथा परिवारसंग समन्वय गर्दै आएका दिपक कार्कीका अनुसार,जापानमै रहेकी उनकी श्रीमती तथा नेपालमा रहेका परिवारका अन्त सदस्यहरुसंग छलफल गरि,शबको जापानमै दाहसंस्कार गरिने तय भएको छ।
आँउदो शनिबार,जापानको नागोयामै दाहसंस्कारको तय भएको र त्यसका लागि आवश्यक आर्थिक संकलनका लागि अहिले एनआरएनए जापान लगायतका संघसंस्थामा आबद्ध भएका विभिन्न व्यक्तिहरुले मृतक अनिलकी श्रीमती नीतु गुरुङको जेपी बैंकको खातामा सहित सार्वजनिक अपिल गरेका छन् ।
तपाई पनि ईच्छुक हुनुहुन्छ भने,तलको बैंक खातामा सहयोग रकम जम्मा गराउन सक्नुहुनेछ।

के भएको थियो त ?
अस्पत्तालको अनुसार मृतक अनिलको मुटु तथा कलेजो दुबै खराब भइसकेको थियो। लामो समयदेखि उपचार गराउँदा पनि उनको निको हुने सम्भावना नरहेको यस अघिनै बताईएको थियो। अस्पत्तालसंग समन्वय गर्दै आएकाहरुका अनुसार,उनको स्वास्थ्य खराबी हुनुको कारण पादक पदार्थ सेवन तथा जन्डिस जस्ता रोगहरुको समयमै उपाचार नभइ अन्तिम अवस्थामा पुगेको हुनसक्छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा असामान्य रूपमा चाँडै फैलियो इन्फ्लुएन्जा, संक्रमितको संख्या लगातार बढ्दै
- एशियाली खेलकुद जापानमा सकियो, अब २०३० मा कतारमा हुने
- ओसाकास्थित नेपाली मन्दिरमा पाँचौँ चरणको सरसफाइ गर्दै ब्लु ब्वाइज युनियन
- जापानबाट जन्मभूमिमा खेलकुद अभियान जोड्दै दिलेन्द्र जोशी, लेकममा दशैं कप हुने
- जापानमा अक्टोबरदेखि भिसा नवीकरण शुल्क बढ्दै : १ वर्षको ३३ हजार, स्थायी बसोबासको २ लाख येन
- जापानमा नेपाली विद्यार्थीको पढाइ, रोजगारी र भविष्यबारे सेमिनार सम्पन्न
- नवलपुर समाज जापानको अध्यक्ष पदका लागि तीन जनाको नाम चर्चामा
- जनसम्पर्क समिति जापानले सबै क्षेत्रमा अधिबेसन गर्ने, प्रवक्तामा राजेश खनाल मनोनीत
- डायस्पोरा : विदेशमा नेपालको ‘बाह्रौँ खेलाडी’स्टेडियम भराउने नेपाली भीडले खेलाडीको प्रदर्शनमा कति फरक पार्छ?
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने




