टोकियो/जापान। भारतमा आज (९ तारिखबाट )प्रमुख २० राष्ट्रहरुको समूह “जी–२०” शिखर सम्मेलन सुरु हुँदैछ ।
युक्रेनमाथि आक्रमणका कारण,हरेक देशहरुको उत्पादन र वितरणमा असन्तुलन बढ्दै जाँदा देखिएको खाद्य संकट, जलवायु परिवर्तन र ऋणको समस्या जस्ता विभिन्न विश्वव्यापी मुद्दाहरूमा एकीकृत ऐक्यवद्धता जनाउँदै वर्तमान समस्याहरु छुटकारा पाउने उपायहरुबारे छलफल हुनेछ।
जि -२० शिखर सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा आज,९ तारिखदेखि दुई दिनसम्म राष्ट्रप्रमुख तथा उनिहरुका प्रतिनिधिहरुको उपस्थितिमा हुँदैछ ।
सम्मेलनको औपचारिक उद्घाटनअघि जापानी प्रधानमन्त्री फूमिओ किशिदा, अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषी सुनकलगायत विश्वभरका नेताहरु नयाँ दिल्ली पुगेका छन् भने कार्यक्रम स्थलमा कडा सुरक्षा व्यवस्था गरिएको छ ।
जि -२० के हो त ?
जि- २० विश्वका ठूला अर्थतन्त्रहरू अमेरिका, जापान,चीन, रुस, भारत, अस्ट्रेलिया लगायत मुलुकका राष्ट्र प्रमुखहरू एकै ठाउँमा भेला भएर छलफल गर्ने एउटा सामूहिक मञ्च हो ।
यसको स्थापना सन् १९९९ मा एसियामा देखिएको वित्तीय संकटपछि अर्थमन्त्रीहरू र केन्द्रीय बैंकका गभर्नरहरूले विश्वव्यापी आर्थिक र वित्तीय मुद्दाहरूमा छलफल गर्ने उद्देश्यका साथ एउटा फोरमको रूपमा भएको थियो ।
त्यसपछि सन् २००८ मा यसलाई नेतृत्वदायी भूमिकामा विस्तार गरिएको हो । यसलाई सन् २००७ को विश्वव्यापी आर्थिक संकट देखिएका बेला विभिन्न देशका सरकार प्रमुखहरूको तहमा स्तरोन्नति गरिएको थियो । र २००९ मा, ‘अन्तर्राष्ट्रिय आर्थिक सहयोगको लागि प्रमुख फोरम’ को रूपमा यसले निरन्तर सहकार्य गर्दै आएको छ ।
जि – २० ले के गर्दछ ?
जि- २० ले सुरुमा बृहत् आर्थिक मुद्दाहरूमा ध्यान केन्द्रित गरेको थियो, तर पछि यसले व्यापार, दिगो विकास, स्वास्थ्य, कृषि, ऊर्जा, वातावरण, जलवायु परिवर्तन र भ्रष्टाचार विरुद्धका अन्य मुद्दाहरूमा पनि आफ्ना एजेन्डालाई विस्तार गरेको छ ।जी २० का सदस्य मुलुकले विश्वको कुल कुल गार्हस्थ्य उत्पादन(जिडिपि)को लगभग ८५ प्रतिशत र विश्वव्यापी व्यापारको ७५ प्रतिशत तथा विश्व जनसंख्याको लगभग दुई तिहाई प्रतिनिधित्व गर्दछन् ।
जि -२० शिखर सम्मेलन नयाँ दिल्लीको कार्यसूची के छ त ?
यसपटक नयाँ दिल्लीमा हुने जि -२० शिखर सम्मेलन दिल्लीको आईपीटीओ कन्भेन्सन सेन्टर र प्रगति मैदानको ‘भारत मण्डपम’ मा हुने तय भएको छ । शिखर सम्मेलनको प्रारम्भिक स्थानका अतिरिक्त विदेशी विशिष्ट व्यक्तिहरूले राजघाट, र एनजीएमए (जयपुर हाउस), आईएआरआई पुसालगायत अन्य स्थानको पनि भ्रमण गर्नेछन् ।
जि २० शिखर सम्मेलन २०२३ को प्राथमिक उद्देश्य जीडीपी बृद्धि गर्नु र बलियो अर्थतन्त्रको लागि मार्ग प्रशस्त गर्नु रहेको बताइएको छ ।सम्मेलनमा विशेष गरी हरित वृद्धि, जलवायु वित्त, मानव जीवनको गुणस्तरको विकास तथा तीव्र, समावेशी र अनुकूलनीय आर्थिक विस्तारलाई प्रवद्र्धन गर्ने, दिगो विकास लक्ष्यहरू (एकडीजीज) प्राप्तीमा तीव्र प्रगतिलगायत विषयमा छलफल आयोजना हुनेछ ।
यस्तै महिला नेतृत्वमा विकासको प्रवद्र्धन, प्राविधिक रूपान्तरण गर्दै सार्वजनिक पूर्वाधारको डिजिटल विकास गर्दै २१ औं शताब्दी अनुरूप बहुपक्षीय संस्थाहरूको सुधार गर्ने राखिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




