बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको एक वर्ष पुगेको स्मृतिमा,उनको विरासतलाई सम्मान गर्न एक भव्य स्मृति चिन्ह निर्माण गरिएको छ।

महारानी एलिजाबेथ द्वितीय को ६ हजार ४ सय २६ हीरा
जडित एक विशेष सिक्का बनाईएको छ । जसको तौल लगभग ४ किलोग्राम छ। त्यस सिक्कामा महारानी एलिजाबेथको चित्र सहितको शुद्ध सुनको प्रयोग गरिएको छ।

यो सिक्का रोयल वारेन्ट चिया र शाही सामान बेच्ने कम्पनीले बनाएको हो । गत सेप्टेम्बर ८ मा महारानी एलिजाबेथको निधन भएको एक वर्ष थियो।

यो स्मारक सिक्का तीन वर्षअघि महारानी एलिजाबेथ द्वितीयको सम्झनामा शाही अनुमतिको साथ कल्पना गरिएको थियो। ७० वर्षसम्म वेलायतमा शासन गरी,सबैभन्दा लामो समय शासन गर्ने बेलायती महारानी बन्न सफल एलिज़ाबेथको ईच्छा जिवितै हुँदा भने पुरा हुनसकेन ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार