टोकियो/जापान। जापानी रक्षा मन्त्रालयले उत्तर कोरियाबाट सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको बताएको छ।

जापान कोस्ट गार्डले बिहान ११:४६ मा रक्षा मन्त्रालयको जानकारीलाई उद्धृत गर्दै “उत्तर कोरियाबाट सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको” घोषणा गरेको हो ।

जापान कोस्ट गार्डले ११ः५५ मिनेटमा अर्को पनि  सम्भावित ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरिएको घोषणा गर्यो ।  रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार उत्तर कोरियाबाट प्रहार गरिएका दुईवटा सम्भावित ब्यालिस्टिक मिसाइलहरू नै थिए  र दुवै जापानको EEZ (विशेष आर्थिक क्षेत्र) बाहिर खसेको देखिन्छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार