जापान। हालै जापानको खागावा प्रिफेक्चरको सोदोसिमामा जापानको सबैभन्दा ठूलो फर्सी प्रतियोगिता सम्पन्न भएको छ।

उक्त फर्सी प्रतियोगितामा सहभागीहरूले सयौं किलोग्राम तौलको सबैभन्दा ठूलो फर्सी  कसले उत्पादन गर्न सक्दछ भनेर प्रतिस्पर्धागर्दछन् । यो प्रतियोगिता हरेक वर्ष खागावा प्रिफेक्चरको  तोनोसो सहरमा आयोजना गरिन्छ । जापानमा यो फर्सी प्रतियोगिता सुरु भएको ३७ वर्ष पुगेको छ।

प्रतियोगितामा खागावा, यामानासी र नागानो प्रिफेक्चर सहित देशभरबाट ४६ वटा विशाल फर्सीहरु ल्याइएको थियो । सहभागीहरुले आ-आफ्ना  फर्सीहरुको तौलका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिता ल्याइएका फर्सीहरु यति ठूला थिएकी,तिनीहरुलाई फोर्कलिफ्ट प्रयोग गरेर तौल लिने उपकरण राखिएका थिए ।यस पटक ५०५.७ केजी तौल र ४१९ सेन्टिमिट परिधी भएको विशाल फर्सी विजयी भयो । त्यो सबैभन्दा ठूलो फर्सी ह्योगो प्रिफेक्चरको सहरमा उत्पादन गरिएको थियो।

सबैभन्दा ठूलो फर्सी उत्पादन गर्न सफल,हासीमोतो नामका कृषकको यो नवौं पटक प्रदर्शनी  थियो। लगातार ९ वर्षको प्रयासमा उनि र उनको फर्सी विजेता बन्न सफल भएको हो।जापानमा विजेता बनेका हाशिमोतोले अर्को महिना संयुक्त राज्य अमेरिकाको पश्चिमीतटमा हुने विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार