टोकियो/जापान। एक जापानी फार्मास्युटिकल कम्पनीको नेतृत्वमा वैज्ञानिकहरूको टोलीले नयाँ दाँतको वृद्धिलाई तीब्र बनाउने औषधीको अनुसन्धान गरिरहेको छ जुन विश्वको पहिलो हुनेछ । उक्त औषधीलाई सन २०३० सम्म बजारमा ल्याउने लक्ष्य रहेको छ।

क्योटो विश्वविद्यालय द्वारा लगानी गरिएको , तोरेगेम बायोफार्माले सन २०१८ मा मुसाहरूमा नयाँ दाँतहरू बढाउन सफल भएपछि, औषधिको सुरक्षा पुष्टि गर्न जुलाई सन २०२४ मा स्वस्थ वयस्कहरूमा क्लिनिकल परीक्षणहरू सुरु गर्ने अपेक्षा गरिएको छ।

धेरैजसो मानिसमा “दातका मसिना कोपिला” हुन्छ जसमा बच्चा र स्थायी दाँतको अतिरिक्त नयाँ दाँत बन्ने सम्भावना हुन्छ । यद्यपि ति सम्भावित दाँत बन्ने दन्द कोपिलालाहरु सामान्यतया विकसित हुँदैनन् र पछि हराउँछन् ।

अनुसन्धान टोलिलो एक एन्टिबडी औषधि सिर्जना गर्‍यो जसले दाँतको वृद्धिलाई रोक्ने प्रोटिन उत्पादनलाई रोक्छ र ति बच्चा र स्थायी दाँत बाहेकका दाँतहरुको पनि विकास गराउन सम्भव हुनेछ। यदि यो अनुसन्धान सफल भए,मानिसहरुले दाँत झरेपछि नक्कली दाँत राख्नुपर्ने बाध्यता टर्छ। त्यसको ठाउँमा नयाँ दाँता उमार्न सकिन्छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार