टोकियो/जापान। आज टोकियो विदेशी मुद्रा बिनिमय बजारमा जापानी येनको भाउ अघिल्लो वर्षको अक्टोबर यताकै कमेजोर अवस्थामा पुगेको छ ।

अमेरिकामा मौद्रिक कडाई लामो समयसम्म रहने विश्लेषणका कारण लगानीकर्ताहरु येन छाडेर डलरमा लगानी गर्न उत्साहित भए,परिणाम डलरको तुलनामा येन कमजोर भयो । आजको कारोबारमा जापानी येनको विनिमय दर प्रति १ डलर बराबर १४९.०९ येनको स्तरमा झर्यो।

टोकियो बिनिमय बजारमा, बैंक अफ जापानले ठूलो मात्रामा मौद्रिक सहजताका उपायहरू कायम राख्ने घोषणा तथा अमेरिकामा मौद्रिक कडाई थप लम्बिने संकेत देखिएपछि जापान र अमेरिका बीचको ब्याज दरको भिन्नता फराकिलो विश्लेषण गरियो,जसका कारण लगानीकर्ताहरूले येन बेचेर डलर किन्ने लाईनमा उभिए।

जापानको केन्द्रिय बैंको पछिल्लो मौद्रिक नीति बैठकले मौद्रिक सहजताको नीति कायमै रहने घोषणा गरेको थियो।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार