टोकियो/जापान। एनआरएनए आईसिसिको ११ औं महाधिवेशनमा एसिया प्याशिफिकको उपसंयोजक (डिआरसी) पदमा जापानबाट दीपक कँडेलले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनए युवा संयोजक हुँदै हाल सहसंयोजक (डिआरसी) पदमा क्रियाशील रहेका कँडेलले पुन: सोही पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कुरा भन्दा काममा केन्द्रित हुने कँडेलले,युवा संयोजक हुँदा युवा र दोस्रो पुस्ताका एनआरएन लक्षित रचनात्मक कार्यहरु गर्न सफल भएका थिए। यसका साथै डिआरसी पदमा रहेर पनि पदिय जिम्मेवारी अनुसारको कार्यसम्पादनमा सफल उनले पुनः एक पटक सोहि पदमा रहरे गैरआवासीय नेपाली अभियानलाई निरन्तरता दिने निर्णयमा पुगेका हुन् ।

एसिया प्याशिफिकका अग्रज तथा विभिन्न एनसिसीबाट प्राप्त सल्लाह सुझाव बमोजीम डिआरसी पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको कँडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार