टोकियो/जापान। फुकुसिमा आणविक उर्जा केन्द्र नजिकको पानीबाट लिइएको माछाको नमूनाहरूमा ट्रिटियमको कुनै पत्ता लगाउन सकिने मात्रा फेला परेको छैन । एक महिना अघि समुद्रमा प्रशोधित रेडियोधर्मी पानीको उत्सर्जन सुरु गरिपछि, उक्त पानीमा रहेको ट्रिटियमले मानव स्वास्थ्य तथा सामुद्रिक जीवहरुमा प्रतिकुल असर गर्ने दावी सहित चिन तथा रुसले जापानको सामुद्रिक उत्पादनको आयात नै रोक लगाएका छन् ।

सम्पूर्ण वैज्ञानिक मापदण्ड पुरा गरेको दाबी गर्दै जापानले विभिन्न परिक्षणहरु गरिरहेको छ। तर अहिलेसम्मको नमुना संकलनमा आणविक उर्जा केन्द्रको पानीका कारण जापानका समुद्रमा रहेका माछा लगायतका जीबहरुमा कुनै असर परेको देखिएको छैन।

जापानले सन २०११ को भुकम्प तथा सुनामीका कारण क्षति भएको आणविक उर्जा केन्द्रलाई चिस्याउनका लागि प्रयोग गरेको पनि १२ वर्षपछि,अत्यन्तै न्युन मात्रामा समुद्रमा मिसाएको थियो।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार