टोकियो/जापान। नेपाली दूतावासद्वारा प्रदान गरिने सेवालाई जापानमा रहेका नेपाली माझ छिटो छारितो, सहज सरल र पहुँच योग्य बनाउन निकट भविष्यमैं एनआरएनए जापानसंगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरिने जापानस्थित राजदूतावासले जनाएको छ ।
जापानमा नेपालीको सख्या बढीरहेको र सेवालाई जनमुखी र पहुँच योग्य बनाउनका लागि गतवर्षको सिकाई र अनुभवका आधारमायस वर्ष पनि घुम्ती सेवा सञ्चालन सञ्चालन गरिने दूतावासले जनाएको हो।
कहाँ कहाँ घुम्ति सेवा संचालन हुनेछ त ?
तत्काललाई,संचालन गरिने जानकारी मात्रै गराईएको छ। कहिले ? अनि कुन कुन प्रिफेक्चरको कहाँ कहाँ घुम्ती सेवा संचालन गरिने भन्नेबारे बिस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन। एनआरएनए जापानका प्रवक्ता खगराज गौतमले जनाए अनुसार,पहिले घुम्ती सेवा सञ्चालन गरेका केहि क्षेत्रमा यस वर्ष पनि निरन्तरता दिदै थप केहि क्षेत्रमा यस वर्ष सेवा विस्तार गरिने दूतावासले जनाएको छ।
एनआरएनए जापानको सहकार्यमा गरिन लागेको उक्त घुम्ती सेवाको मिति तय भै नसके पनि तत्काल नै गरिने तयारीमा दूतावासरहेको बताइएको छ । प्रारम्भिकरुपमा प्राप्त जानकारी अनुसार यस वर्ष होक्काइदोको सापोरो तथा चिबा क्षेत्र थप गरिने भएको छ भने फुकुओका, नागोया रओसाकालाई निरन्तरता दिइने योजना छ।
दूतावासले नेपालीलाई सहयोग र सेवा लिन सहज होस भन्ने उदेश्यले राहदानी वितरणलाई टोकियोमा सप्ताहव्यापी रूपमा गर्ने सोचरहेकोले यसको यसको आवश्यक तयारीमा दूतावास रहेको राजदूत डा दुर्गाबहादुर सुवेदीले बताए ।
शनिबार,राजदूतावासमा आयोजित एनआरएनए जापानका निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गरिने कार्यक्रमको अवसरमा सो घुम्ती सेवा संचालन तथा विस्तारबारे जानकारी गराईएको हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




