काठमाडौ। “अबको एनआरएनए, साझा एनआरएनए”भन्ने उदघोष सहित गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक उप-संयोजक पदमा जापानबाट एनआरएनए अभियन्ता तथा व्यवसायी श्रवण सत्यालले उम्मेद्वारी दर्ता गराएका छन् ।

जापानमा गैरआवासीय नेपाली संघको स्थापनाकालदेखि सक्रिय रहँदै आएका सत्याल जापानका एनआरएनए अभियन्ताहरु माझ मात्रै नभई सम्पूर्ण अभियन्ताहरु माझमा आफ्नो छवि बनाउन सफल छन् । सत्याल ,एनआरएनए आईसिसिका निवर्तमान सदस्य हुन्। यसका अलवा जापानमा रहेका थुप्रै संघसंस्थाहरुमा विभिन्न समयमा विभिन्न जिम्मेवारीहरुमा रहि सामाजिक कार्यमा सक्रिय रहँदै आएका सत्यालले अब एनआरएनएलाई साझा एनआरएनए बनाउने प्रतिवद्धता सहित सन २०२३-२०२५ कार्यकालका लागि एसिया प्यासिफिक उप-संयोजक पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

जापानलाई कर्मथलो बनाउँदै आएका सत्याल जापानमा अध्ययन, रोजगार पश्चात हाल व्यवसायीकारुपमा क्रियाशिल छन् ।अनेसास देखि नेपाल पत्रकार महासंघ जापान शाखाको विभिन्न पद र जिम्मेवारी सम्हालेका उनि प्राय सँधैजसो सामाजिक गतिविधिहरुमा सक्रिय रहँदै आएका छन् ।

आफ्ना बिचारहरु प्रस्ट राख्ने सत्यालले,नेपालन्युजपोस्टसंग भने -“ म,डिआरसीहरुका उम्मेद्वारहरु मध्ये सबैभन्दा पुरानो हुँ,मलाई एशिया क्षेत्रका सबै एनसीसीहरुले साथ दिएका छन् ।”

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार