काठमाडौं, नेपाल ।गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक संयोजक डण्डपानी कँडेल (डि.पी) ले पुनः एनआरएनए एसिया प्यासिफिक संयोजक पदमा उम्मेदवारी दर्ता गराएका छन्।

जापानमा रहेर व्यवसायसँगै एनआरएनए अभियान र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका कँडेलले आईतबार एनआरएनए कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

कँडेल,एनआरएनए जापानको स्थापनाकालदेखिनै संस्थामा आवद्ध रहेर सक्रिय रुपमा एनआरएनए अभियानमा लागि पर्दै आएका छन् । आफुले सकेको ज्ञान, पुँजि, सिप तथा समय खर्चिएर समाजको हितका लागि एनआरएनए अभियानमा लाग्नूपर्ने बताउँदै कँडेल निस्वार्थ भावले काम गर्नेहरुमात्र यस अभियानमा आउनुपर्ने बताए।

सन २०१० – ११ को एनसिसि जापानको केन्द्रीय कार्यसमिति सदस्य पदबाट औपचारिक संस्थागत जिम्मेवारीमा प्रवेश गरेका कँडेलले पुनः सन २०११ -१३ कार्यसमितिमा पनि सोहि पदमा दोहोर्याए। त्यसपछि सन २०१७-१९ को एनआरएनए जापानको कार्यसमितिमा सल्लाहकारकारुपमा सक्रिय रहेका उनि सन २०१९ -२१ मा एनसिसि जापानबाट आईसीसी सदस्यको यात्रातर्फ उन्मुख हुन पुगे र निर्विरोध आईसीसी सदस्य पदमा चयन पनि भए । त्यस पश्चात सन २०२१-२३ का लागि एसिया प्यासिफिक संयोजक पदमा चयन भएका थिए।

आफुलाई विगतमा गरेका कार्यहरुका आधारमा सबै एनआरएनए अभियन्ता तथा एनसीसीहरुबाट साथ र सहयोग रहेको कँडेल बताए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार