काठमाडौं । गैरआवासीय नेपाली संघको अध्यक्षमा डा.बद्रि केसी निर्वाचित भएका छन्।काठमाडौंको सोल्टी होटलमा भएको मतदान तथा विश्वभरबाट अनलाईनमा भएको मतदानको परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी जापानका महेशकुमार श्रेष्ठलाई पराजित गर्दै डा.केसी विजेता घोषित भएका हुन् । यस पटक अध्यक्षमा तीनजना प्रतिष्पर्धी थिए।

त्यसैगरी रोबिन शेरचन ,रोजिना प्रधान राई, डा.निर्मल श्रेष्ठ, डा.हेमराज शर्मा, रामशरण सिंखडासहितले उपाध्यक्ष पद जितेका छन्। संघको महासचिवमा अमेरिकाका गौरी जोशीले जित हात पारे। उनका निकटतम प्रतिष्पर्धी अमेरिकाबाटै बुद्धि सुवेदी थिए। त्यसागरि कोषाध्यक्ष पदमा सुदन थापा निर्वाचित भएका छन् ।

तीन मुख्य समूह भएर चुनाव लडेका गैरआवासीय नेपाली संघका अभियन्ताहरुमा पराजय भोगेका कतिपयले सोल्टी होटलमा हार अस्वीकार गर्दै अभिव्यक्तिहरु सार्वजानिक गरेका छन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार