काठमाडौं । फेसबुक र इन्स्टाग्राममा विज्ञापन हेर्न नचाहने प्रयोगकर्ताका लागि मेटाले सशुल्क सेवा सुरु गरेको छ । सोमबार एक ब्लग लेख्दै कम्पनीले युरोपमा सशुल्क योजना ल्याएको जानकारी दिएको हो ।
योसँगै १८ वर्ष उमेर पुगेका फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्ताले मेटाको यो सशुल्क सेवा प्रयोग गर्न पाउनेछन् । वेब ब्राउजरका लागि प्रति महिना ९.९९ युरो (१४०० रुपैयाँ) र आईओएस डिभाइसहरूका लागि प्रति महिना १२.९९ युरो (१८०० रुपैयाँ) तोकिएको छ ।
एकपटक शुल्क तिरेपछि प्रयोगकर्ताहरूले बिना विज्ञापन फेसबुक र इन्स्टाग्राम चलाउन पाउनेछन् । यदि प्रयोगकर्ताको एकभन्दा बढी अकाउन्ट भए प्रति अकाउन्ट अतिरिक्त ६ युरो (८५० रुपैयाँ) तिर्नुपर्ने मेटाले जनाएको छ ।
त्यसरी सशुल्क फेसबुक र इन्स्टाग्राम चलाउने प्रयोगकर्ताको डेटा प्रयोग नगर्ने र उनीहरूलाई विज्ञापनका लागि ट्र्याकिङ नगर्ने कम्पनीको भनाइ छ । मेटाको यो कदम भने युरोपेली संघको डेटा गोपनीयता सम्बन्धी नियमले गर्दा आएको बताइएको छ ।
यद्यपि यस सेवालाई युरोपमा अनिवार्य भने गरिएका छैन । विज्ञापनरहित अनुभव चाहने प्रयोगकर्ताहरूको लागि मेटाको यो वैकल्पिक सेवा हो । तर मेटाले युरोपबाहेक अन्य क्षेत्रहरूमा यो सेवा विस्तार गर्नेबारे भने केही बताएको छैन ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




