काठमाडौं । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईमाथि ८ विकेटको सानदार जित दर्ता गर्दै नेपालले टी–२० विश्वकपमा स्थान बनाएको छ । नेपालले १० वर्षपछि टि२० विश्वकपमा स्थान बनाएको हो । नेपालले २०१४ मा पहिलो टि२० विश्वकप खेलेपनि त्यसपछि पुन खेल्न सकेको थिएन ।
जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १७ ओभर १ बलमा २ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान रोहित कुमार पौडेल २० बलमा २ चौका र २ छक्कासहित ३४ रनमा नटआउट रहे । आसिफ शेख ५१ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा नट आउट रहे ।
नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३ ओभरमा २६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कुशल भुर्तेल ११ रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि गुलशन झा र आसिफ शेखले ४१ रनको साझेदारी गरे । गुलशनलाई २२ रनमा बोल्ड आउट भए । युएईका निलांश केस्वानी र बासिल हामिदले समान एक एक एक विकेट लिए ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । वृत्य अरविन्दले ५१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । अन्य कुनै खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
खालिद शाह ३ रनमा आउट भए । आक्रामक खेल खेलिरहेका वासिम २६ रनमा आउट भएपछि त्यो विकेट नै खेलको टर्निङ प्वाइन्ट बनेको थियो । आसिफ खानलाई १३ रनमा एलबीडब्लू आउट भए । एलिशान शराफु १६ रनमा क्याच आउट भए । अली नासिर ४ रनमा क्याच आउट भए । बासिल हामिद र आयन खान १–१ रनमा आउट भए ।
कुशल मल्लले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । कप्तान रोहित पौडेलले १ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।
नेपालले अव उपाधिको लागि फाइनलमा आइतबार ओमानसँग खेल्नेछ । ओमानले पहिलो सेमिफाइनल खेलमा बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




