नागोया/जापान। नेपाली राजदूतावास, जापान तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानको सहकार्य एवं क्षेत्रीय समितिहरुको स्थानीय व्यवस्थापनमा घुम्ती सेवामार्फत् कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम अन्तर्गत २०२३ डिसेम्बर २,३,४ र ५ मा जापानको नागोयामा सम्पन्न घुम्ती सेवाबाट राहदानी नविकरण ५६० जना, अन्य कन्सुलर सेवा ४६ जना, दूतावासद्वारा प्रदान गरिने अन्य सेवाको बारेमा जानकारी तथा सोधपुछ २९ जना गरि जम्मा ६६५ जना सेवाग्राहीले सेवा लिएका छन् ।
एनआरएनए जापानका उपाध्यक्ष सुभास लामिछानेका अनुसार एनआरएनए जापान क्षेत्रीय समिति नागोयाको स्थानीय व्यवस्थापनमा सम्पन्न भएको उक्त कार्यक्रम पूर्णत व्यवस्थित, अनुशासित र मर्यादित रुपमा भएको थियो।
यस घुम्ती सेवा सेवा प्रदान लागि संयोजनकारी भूमिकामा नागोया क्षेत्रीय समिति रहेको थियो भने, नेपाली दुतावासका शिविरमा दूतावासका तर्फबाट द्वितीय सचिव जितबहादुर कार्की, तृतीय सचिव ज्ञानहरि ज्ञवाली, फुकुओकाका वाणिज्य दूत दिपक देवकोटा र टेक्निसियन आबेसान लगायतको उपस्थिति रहेको थियो।
सेवा सञ्चालनका क्रममा स्थलगत रुपमा महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदी,एनआरएनए जापानका अध्यक्ष नविन निउरे, उपाध्यक्ष कृष्ण गैरे कोषाध्यक्ष दिपक सुनार, सह कोषाध्यक्ष रामबहादुर थापा प्रवक्ता खगराज गौतम तथा एनआरएनएका अन्य अभियन्ताहरु उपस्थित भएका थिए।
घुम्ती सेवा संचालनमा सहजीकरण गरिरहेको एनआरएनए जापानले जनाए अनुसार मिति निश्चित भएका क्षेत्रहरुमा तोकिएको मितिमा र अन्य मिति निश्चित हुन बाँकी रहेका क्षेत्रको समेत यथाशीघ्र मिति तय गरिने समेत जानकारी गराउँने बताएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




