टोकियो/जापान। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले जापानमा रहेका नेपालीको सहयोगका लागि सञ्चालित हटलाइन टेलिफोन सेवामा अधिकांश नेपाली दूतावाससँग सम्बन्धित सेवाको अपेक्षा गरेका छन्।
हटलाइन टेलिफोन सञ्चालनको ९० दिनमा प्राप्त १३५ वटा कल मध्ये ४० कल नेपाली दुतावासद्वारा प्रदान गरिने सेवाको उपयोग सम्बन्धमा रहेको हटलाइन टेलिफोन सञ्चालनको संयोजन गरेका एनआरएनए जापानमा उपाध्यक्ष देवराज उप्रेतीले जानकारी दिए।
उपाध्यक्ष उप्रेतीका अनुसार नेपाली दूतावासद्वारा प्रदान गरिने राहदानीको प्रि इनरोलमेन्ट गर्न नसकिएको, राहदानी बनाउन र नविकरणका लागि आवश्यक प्रक्रिया, जापानमा जन्मेको बच्चाको जन्मदर्ता र राहदानी बनाउने प्रक्रिया, जापानमा विवाह दर्ता, ट्राभल्स डकुमेन्ट र दुतावासको टेलिफोनमा सम्पर्क हुन नसकेको लगायतका विषयमा हटलाइन टेलिफोन सेवामा जानकारी लिने गरेको बताए।
जापानमा रहदा नेपालीलाई परेका समस्या अप्ठ्यारा र सूचना जानकारी आदानप्रदानको सहजताका लागि उपयोग हुने गरि सञ्चालनमा ल्याइएको हटलाइन टेलिफोन सेवामा जापानमा अध्ययनरत नेपाली विद्यार्थीले पनि आफ्ना समस्या र जानकारीको लागि उत्तिकै सम्पर्क गर्ने गरेको हटलाइन टेलिफोन सञ्चालनको संयोजनमा सहजिकरण गरिरहेका एनआरएनए जापानका सचिव अर्जुन थापाले बताए।
उनका अनुसार हटलाइन टेलिफोन सेवामा प्राप्त कलको आधारमा दोस्रो धेरै कल विद्यार्थीका सम्बन्धमा आउने गरेका छन् ।’विद्यार्थीका समस्या र छात्रवृत्तिलाई सँगै राखेर हेर्ने हो भने त सबैभन्दा धेरै कल र जिज्ञासा विद्यार्थीका छन्। सचिव थापाले भने- विद्यार्थीले समस्याका बारेमा जानकारी स्वरुप १९ कल र छात्रवृत्ति सम्बन्धमा १३ कल प्राप्त भएका थिए। यस अवधिमा समग्रमा सेवाग्राहीसँग १७ घण्टा ६ मिनेट कुराकानी गरिएको थियो।
भाषा, भैपरी आउने मानवीय सहयोग, दैनिक जीवनमा परेका समस्याको सुनवाई र कार्यान्वयनका लागि सार्वजनिक गरिएको हटलाइन टेलिफोन सेवामा भिषाका विविध समस्या, कुक पेशामा कार्यरतहरुका समस्या, घरेलु हिंसा सम्बन्धी समस्या, ठगी लगायतका समस्या र जानकारीको बारेमा सोधपुछ र समस्या समाधानको अपेक्षासहित सम्पर्क गर्ने गरेको एनआरएनए जापानले जानकारी दिएको छ ।
सेवा सञ्चालनका अवधिमा घरेलु समस्या सम्बन्धमा १५, भिषा सम्बन्धमा १२, कुक सम्बन्धी समस्यामा ८, कम्पनी सम्बन्धि समस्यामा ५, ठगी सम्बन्धमा २, कोठा खोज्ने प्रक्रियाका सम्बन्धमा २, जापान प्रहरीसँग सम्बन्धितमा २ र अन्य विविध १६ वटा विषयमा आफूलाई परेको समस्या र सामाधानको उपायको जानकारीका लागि हटलाइन टेलिफोनमा सम्पर्क गरेको एनआरएनए जापानले जनाएको हो।
सार्वजनिक गरेको हटलाइन सेवामा प्राप्त समस्या गुनासो र जानकारीलाई सम्बन्धित निकाय र पक्षसँग समन्वय गराएर अधिकतम समाधानका निम्ती प्रयत्न गरिएको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले बताए ।
उनका अनुसार +८१ ८० ६३५२ ८२८६ नम्बरको टेलिफोन नम्बर एनआरएनए जापानको हटलाइन टेलिफोन रहेकोले अत्यावश्यक समस्या, जरुरी सूचना जानकारीको लागि मात्र उपयोग गर्नका लागि समेत जापानबासी नेपाली दाजुभाइ दिदीबहिनीलाई आग्रह गरेका छन ।
एनआरएनए जापानलाई जापानबासी नेपालीको नजिकको सहयोगी निकायको रूपमा अनुभूति गर्न सकून् भन्ने मान्यतालाई आत्मसात् गर्दै एनआरएनए जापानलाई पहुँच योग्य बनाउन हटलाइन टेलिफोन सार्वजनिक गरिएको बताउदै महासचिव टिकाराम खरेलले अत्यावश्यक समस्या र जानकारीको लागि मात्र यो सेवा उपयोग गरिदिनको लागि अनुरोध गरेका छन ।

‘एनआरएनएलाई सबै नेपालीले ‘हाम्रो र राम्रो’ भन्ने महशुस गर्न सकून् भन्ने उद्देश्य हाम्रो रहेको छ ।’ महासचिव खरेलले भने-आफ्नो देश छाडेर विदेशी भूमिमा रगत पसिना बगाइरहेकाहरुलाई सानो भन्दा सानो अप्ठ्यारोमा पनि सहयोग गर्न सकियो भने उनीहरूलाई परिवारकै साथमा रहेको जस्तो अनुभूति गराउन यो सेवा प्रभावकारी हुँदै गएको छ।
जापानमा रहेका विदेशी श्रमिकको समस्या सुन्न लेबर एन्ड सोसल सेक्युरिटी एटोर्नी कार्यालयले सञ्चालन गरेको हट लाइन सेवामा एनआरएनए जापानले समन्वय गरि सो सम्बन्धि केहि समस्या परेमा नेपाली भाषामै कुरा गर्न ०१२०-५३१-४०८ नम्बरको समेत व्यवस्था रहेको छ ।
(एनआरएनए प्रवक्ता खगराज गौतमको समाचार संयोजनमा प्रकाशित)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




