नागोया/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) नागोया क्षेत्रीय समितिले जापानबाट केन्द्रीय समितिमा निर्वाचित भएका पदाधिकारीलाई सम्मान गरेको छ।
एनआरएन क्षेत्रीय समितिले नागोयाले यहि डिसेम्बर १० तारिख,आईतबार मारुनोउचि स्थित दैलो रेस्टुरेन्टमा एक भव्य कार्यक्रमको आयोजना गरी एनआरएनएका पदाधिकारीलाई बधाइ तथा आगामी कार्यकालको शुभकामनासहित सम्मान गरेको हो।
नागोया क्षेत्रिय समितिका संयोजक भेषनाथ गौतमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिमा तोकाई वाटिका ईन्टरनेशल स्कूलका अध्यक्ष एवम् एनआरएनए जापानका पूर्वमहासचिव डा.सुदिप अधिकारी रहेको नागोया क्षेत्रिय समितिका उपसंयोजक तथा प्रचार प्रसार विभागका संयोजक कुशल पौडेलले जानकारी दिए।
काठमाडौँमा सम्पन्न ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित रोविन शेरचन, सचिव पारसमणि पोख्रेल, कोषाध्यक्ष सुदन थापा, युवा संयोजक सुपेन्द्र घिसिङ ,एसिया प्यासेफिक उपाध्यक्ष दिपक केसी, आइसीसी सदस्य विकाश श्रेष्ठ उपस्थित कार्यक्रमा नागोयाका विभिन्न नेपाली संघ–सस्थाका प्रतिनिधि, समाजिक अभियान्ताहरूले बधाई तथा शुभकामना दिएका थिए।
एनआरएन नागोया क्षेत्रिय समितिका सचिव प्रतिक कार्किले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष योमन देवानले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा डा सरोज कंडेल, हरि श्रेष्ठ, श्याम सितल, कुशल धिताल, एनसीसी जापानका सहकोषाध्यक्ष राम थापा,मोहन खत्री लगायतले शुभकामना तथा बधाई सहित धारणा राखेको प्रबक्ता सरोज बडालले जानकारि गराए।
क्षेत्रिय समितिलाई सम्मान कार्यक्रम आयोजना गरेकोमा आभार प्रकट गर्दै संस्थालाई सॅंस्थागत हिसाबले लैजाने र गैर आवासीय नेपालीहरुको हक हितमा थप सक्रिय भई काम गर्ने नवनिर्वाचित पदाधिकारीले प्रतिवद्धता गरेका थिए।
संघको (२०२३–२५) को कार्यकालका लागि जापानबाट केन्द्रीय उपाध्यक्षमा रोविन शेरचन, युवा उपाध्यक्षमा रोशन थापा, सचिवमा पारसमणी पोखरेल, कोषाध्यक्षमा सुदन थापा, युवा संयोजकमा सुपेन्द्र घिसिङ, एसिया प्यासेफिक उपसंयोजकमा दिपक कंडेल, एसिया प्यासेफिक उपसंयोजकमा दिपक केसी, महिला संयोजक (एसिया प्यासेफिक) अनिता गुरुङ लामा, श्रेत्रीय युवा संयोजक विकस बस्नेत, श्रेत्रीय युवा उपसंयोजक नारायण खड्का, सदस्यमा राम थापा (अनिल), विजेश थकाली, विकास श्रेष्ठ, विष्णु प्रसाद घिमिरे, छत्र बहादुर दाहाल र बाबुराम खरेल निर्वाचित भएका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




