जापानमा नियमित आहार विहार शारीरिक व्ययाम लगायतका कुरालाई महत्वकासाथ पालना गरिन्छ । यहीकारण जापानिहरूको औषत आयु अन्यको तुलनामा लामो हुन्छ । खासमा लामो आयु जिउन जापानीहरूले के कुरामा ख्याल गर्छन होला ? कडा काम र सारिरिक थकान बिच च्यापीएको समय ब्यबस्थापन कसरी गर्छन् होला ? बाहिर जिज्ञासा हुन स्वभाविक छ । यिनै प्रस्नहरुमा आऊदै गर्दा, जापानी हरूले अपनाउने एक स्वास्थ्य पद्दतीहो चिरोप्राक्टिस(Chiropractic) बिधी । जसलाई जापानीज भासामा “सेईताई-सी” (Seitai-Shi) भनिन्छ । यही पद्दतीको पेरीफेरीमा रहेर नमस्ते नपाल फ़ाउन्डेशनका संस्थापक तथा चिरोप्राक्कटर डा .युकीओ तानाकासंग नेपालन्युजपोस्टकर्मी सरु लम्सालले टोकियोमा गरेको जानकारी मुलक कुराकानीः

१.नमस्ते नेपाल फ़ाउन्डेशन के हो ?
सन् २०१० मा मैले नमस्ते नेपाल फ़ाऊण्डेशन स्थापना गरेको हुँ ।यस संस्थाको ऊधेश्य जापान र नेपाल बिचको मित्रता प्रवर्द्धन गर्नु हो । यसका साथै जापानमा रहेका नेपालीहरूलाई जापानमा बस्दा आईपर्ने विभिन्न समस्याहरूलाई कसरी समाधान गर्ने ,काम कसरी खोज्ने ,सेनमोन गाक्को कसरी खोज्न लगायतका विभिन्न विषयमा मार्गदर्शन गराऊने काम यस संस्थाले गर्दछ ।

२.यस संस्थाको स्थापना कसरी भयो ?
मैले सन् १९८२ मा संयुक्त राज्य अमेरीकाको Indiana State University मा अध्ययन गरेर फर्किएपछि टोकियोमा रेस्टोरेन्ट व्यवसाय संचालन गरिरहेको थिए ।सन् १९९९ मा मेरो रेस्टुरेन्टमा सहकार्य गर्ने एक नेपालीले मलाई नेपाल भ्रमण गर्न सिफारीस गर्नुभयो । सन्२००० मा म नेपाल गए त्यतिबेला अधिकाशं घरहरूमा बिजुली बत्ति ,टेलिभिजन र पाएक पर्ने ठाऊँमा बिधालयहरू थिएनन् ।मलाई अब यस देशको लागी केही गर्नुपर्छ भन्ने लागेको थियो र नेपालीहरूलाई आफ्नो तर्फबाट गर्न सकिने सहयोगको लागी यो संस्था खोल्ने सोच आएर स्थापना भएको हो ।

३.तपाईले यस कार्यक्रम बिस्तारको लागि नेपाल नै किन छान्नूभयो ?
सबैभन्दा ठुलो कुरा मैले नेपाली जनताको ह्दयमा रहेको हार्दिकता र दया देखेँ । जुन हामि जापानीजहरूले कहिलेकाँही बिर्सेका रहेछौँ । यसले मलाई विश्वास गरायोकि मेरो बुबाका पुस्ताका जापानी जनताको ह्रदयमा ऊस्तै दया थियो । ऊदाहरणको रूपमा मैले एकै पटक ४०० जना नेपाली विधार्थीहरूलाई एऊटा प्रश्न सोधे “यदि तपाई अत्यन्तै सफल र धनि हुनुभयो तर अब तपाई मर्न जम्मा सात दिन बाँकी छ भने तपाई के गर्नुहुन्छ ?” जतिसुकै धनि र सफल भएपनि आफु मर्न अगाडी आफ्नो जन्मभुमि फर्कने जवाफ अधिकाशं नेपाली विधार्थीले दिए । यसले मलाई कता कता छोयो र आफ्नो जन्मभुमि प्रतिको बुझाई र दृष्टि एकै देख्दा अचम्म पनि परे मुख्य कारण मध्य यो पनि एक थियो ।

४.तपाई रेस्टूरेन्ट व्यवसायमा व्यस्त ब्यक्ति एक्कासी स्वास्थ्य क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
म आफ्नो दैनिकीमा व्यस्त थिए सन् २०१५ तिरको कुरा हो मैले काम गर्दै जाने क्रममा धन सम्पत्ति भन्दा सबैभन्दा महत्वपुर्ण कुरा त स्वास्थ्य रहेछ भन्ने महशुस गरे । धुम्रपान ,मध्यपान सबै छोडेर स्वास्थ कसरी रहने भन्ने बारे ध्यान दिन थाले । यसैक्रममा २०१६ मा म (Nihon Iryous zyuusei Sinkyuu Senmon Gakko ) (विशेष मेडिकल स्कूल) मा भर्ना भएर ३ वर्षमा स्नातक गरे । अब मैले मेरो बॉंकी जिवन Chiropractor स्वयंसेवक बनेर विभिन्न देशहरूमा भ्रमण गरेर बिताऊनेछु निधो गरे । सन् २०२२ मा नेपाल जॉंदा मैले करिब १२०० जनालाई Chiropractic treatment सेवापनी गरेकोथिए ।

५. चिरोप्राक्टिस(Chiropractic- Seitai-Shi) भनेको के हो ?
चिरोप्राक्टिस भनेको एऊटा यस्तो ऊपचार विधि हो जसले शरिरका मांसपेशीहरू,हड्डीहरू र जोर्निहरूमा भएको शारीरिक रोग र दुखाईहरूलाई कम गराउनको साथै सारीरिक सन्तुलनका लागी महत्वपूर्ण भूमिका खेल्दछ ।

६.यो ऊपचार विधि चाही के हो, कसरी गरिन्छ ?
Chiropractic विधि मसाज -मांसपेशी र तन्तुहरूमा दबाब प्रयोग गरेर रक्त्त संचार गराउने ।
॰ कंकाल समायोजन – जोर्नी र हड्डीहरूको स्थिती र चाल समायोजन गरेर सन्तुलित मुद्रा कीयम राख्दछ ।
॰ एक्युपंचर – विशेष विन्दुहरूमा सुई घुसाएर क्युई र रगतको प्रवाहलाई समायोजन गरी दुखाईलाई कम गर्न प्रयोग गरिन्छ ।
॰ व्ययाम र स्ट्रेचिड – मासंपेशीहरूलाई सन्तुलन गर्न विशेष व्ययाम र स्ट्रेचहरू गरिन्छ ।
॰ गर्मि थेरापि – रत्त परिसंचरण ऊत्तेजित गर्न र मांसपेशीहरूमा तनाव कम गर्न प्रयोग गरिन्छ ।यसमा तातो कम्प्रेसन,तातो प्याकहरू,ओनसेन(तातो पानिमा स्यानहरू) समावेश हुन्छन् ।
यी लगायतका विधिहरू प्रयोग गरी उपचार गरिन्छ।

७.यस सम्बन्धि समस्या भएका बिरामीहरूले ऊपचार गराऊदा ढुक्क हुने आधारहरु के-के हुन् ?
हामिले यो ऊपचार सुरू गर्न पुर्व निम्न कुराहरूमा ख्याल गर्दछौः
॰ स्वास्थ्य सम्बन्धी जानकारी संकलन-पहिले बिरामीको स्वास्थ्य स्थिति,औषधि ऊपरचार र एलर्जीहरूका बारेमा जानकारी संकलन गर्दछौ ।
॰ बिरामीहरूसँग खुल्ला र प्रभावकारी संचार कायम गरी बिरामीको लक्षण र गुनासोहरू सुनेर काम गरिन्छ ।
॰ मुल्याडकन र निदान – समस्याको कारण निर्धारण गर्न बिरामीको शरिरलाई ध्यानपूर्वक मुल्याडक गरी ऊपचारको पद्धति छनोट गरिन्छ ।
॰स्वच्छता र सरसफाई ।
॰ व्यक्तिगत द्रिष्टिकोण- ऊपचार पश्चात बिरामीहरूको व्यक्तिगत द्रिष्टिकोण र ऊहॉंहरूको गोपनियताको सम्मान गर्दै विभिन्न सुझावहरूलाई मनन गर्दछौ।
हामि Chiropractor हरूले आफ्ना बिरामीहरूको स्वास्थ सुधार गर्न र बिरामीहरूसँग विश्वास निर्माण गर्न यी सिद्धान्तहरूलाई जोड दिन्छौ ।

८.तपाईको बुझाईमा नेपालीहरूलाई Chiropractic ऊपचार विधि कत्तिको आवश्यक ठान्नुहुन्छ ?
नेपालले सन् २०१२ देखि ईन्टरन्टमा तिव्र विकास गरिरहेको छ । विकाससँगै स्वदेशी तथा अन्तराष्ट्रीय सुचनाहरू समेत दुर्त गतिमा प्राप्त गर्न सजिलो भएको छ । यसलाई ध्यानमा राख्दै व्यायाम,शारीरिक तन्दरूस्ति र पोषणको महत्व आवश्यक देखेको छु । किनभने नेपालमा पनि रासायनिक मलहरूकेा प्रयोग,कीटनाशक औषधिहरूको अत्याधिक प्रयोगले विभिन्न रोगहरू निमत्याएको देखिन्छ । २०२२ मा नेपल भम्रण गर्ने बेलामा मैले ५० वर्ष भन्दा माथिका धेरै मानिसहरूलाई मोटोपना,मधुमेह,ऊच्च रत्तचाप र थाईराईड लगायतका विभिन्न रोगहरू बढ्दै गएको महशुस गरे । यसको रोकथामको लागी मानिसहरूले आफ्नो जीवनमा नियमित व्यायाम गर्ने बानिलाई समावेश गर्नुपर्छ त्यसको लागी पनि नेपालीहरूलाई Chiropractic गर्न र गराऊनको लागी यस सम्बन्धि ज्ञान हुन जरूरी छ । यसै कुरालाई मध्यनजर गर्दै मैले नेपालमा पनि Chiropractic Cilnic र Chiropractic School खोल्ने योजना बनाएको छु।

९.Chiropractic Cilnic र Chiropractic School को बारेमा जानकारी सहित साथै नेपाल मैं चाही क्लिनिक किन खोल्न लाग्नुभएको यस बारे थप प्रस्ट पारिदिनुस् न !
नेपालीहरूलाई धेरै विषयमा ज्ञान छ ,भाषागत हिसावले पनि अंग्रेजी पनि बोल्न सक्दछन् र ईन्टरनेट प्रविधिमा पनि अग्रसर छन् । यसैले गर्दा अहिले धेरैजनालाई आफु फिट /फाईन रहन ध्यान दिनुपर्ने कुराहरूको खोजि गरिरहेको महशुस गर्दै स्वास्थ्य रहन अपनाऊनु पर्ने विभिन्न पद्धतिको बारेमा जानकारी दिन नेपालको पोखरामा Cilnic अथवा Chiropractic School खोल्ने सोचेको छु । यसको बारेमा पछि जानकारी दिनेछु ।
१०. अन्त्यमा के भन्न चाहानुहुन्छ ?
मलाई बुद्ध जन्मेको देश नेपाल र बुद्धले दिनुभएको सन्देशहरू अनुसरण गर्ने नेपालीको बानी सार्है राम्रो लाग्छ । विभिन्न धर्म ,संस्कृतिहरूलाई समान रुपमा लिने र एक अर्कालाई परेको बेलामा सहयो गर्ने लगायत धेरै बानीहरू मनपर्छ । म यति छोटकरीमा भन्नै सक्दिन ।नेपाल र नेपालीको लागी धेरै कुरा गर्न मन छ ।
पहिले आफुले अध्ययन गरेको विषय Chiropractors भएर यही जापानमा बस्ने नेपालीलाई स्वास्थ्यको बारेमा जानकारी दिन चाहान्छु । मेरो क्लनिकमा अरूलाई भन्दा नेपालीलाई अलि Discount र Priority छ । हजुरलाई पनि विभिन्न हाड,जोर्नि र नशासम्बन्धि लगायत शरिरको विभिन्न दुखाईको समस्या छ भने ताकादानोबाबामा हाम्रो क्लनिक छ आऊनसक्नुहुन्छ ।

सरु लम्साल डा. तानाकासंगको अन्तर्वाताको क्रममा

(नोट : प्रस्तुत कुराकानी जापनिज भासाको नेपाली रूपान्तरण हो । यहाँ, प्रस्नकर्ता सरु लम्साल स्वयं करिब ३ वर्ष देखि नसा सम्बन्धी विभिन्न समस्यामा बाट ग्रसित थिईन । ऊपचार बिधीका हिसाबले Chiropractic therapy बाट प्रभाबकारी हिसाबले स्वास्थ्यमा सुधार आएको उनको अनुभब छ। त्यही अनुभब हाम्रा पाठक सम्म पूग्नसके यो सेवा लिन सजीलो हुने बुझाईका साथ सम्बाद प्रस्तुत गरीएको हो । यो कुनै प्रायोजित सामग्री या शुल्क लिएर गरिएको विज्ञापन होईन् । यस सेवाबाट अन्य नेपालीहरुले पनि लाभ लिन सकुन् भन्नका लागि प्रकाशन गरिएको हो ।

सेवालिन चाहने हरूकोलागि ठेगाना :
Cilnic Name : Pal~paru ~Manipulative Cilnic
Postal code : 169-0075
Address: Tokyo to shinjuku ku ,takadanobaba 1-17-9(
Phone number: 070-8377-3023

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार