काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु र अन्तर्राष्ट्रिय दुबै क्रिकेट खेल्न नपाउनने गरी निलम्बन गरेको छ ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दले जारी गरेको विज्ञप्तिमा सम्मानित काठमाडौँ जिल्ला अदालतको मिति २०८० पौष १३ को फैसला र मिति २०८० पौष २५ गतेको कसुर ठहर आदेश बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणी मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित आदलतको आदेश अनूसार फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको उल्लेख गरेको छ ।
दुई साताअघि सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलात्कार गरेको आरोप दोषी ठहर गरेको थियो । बुधबार सन्दीपलाई काठमाडौ जिल्ला अदालतले ८ वर्ष जेल तथा ५ लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।जसमा ३ लाख जरिवाना र २ लाख युवतीलाई आर्थिक क्षतिपुर्ती तोकिएको छ ।
गतवर्ष भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । सन्दीपलाई पुष २८ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
सन्दीपले ९९ दिन काठमाडौंको सुन्धारामा रहेको जेलमा जीवन विताउनु परेको थियो । पाटनले धरौटीमा छाड्न आदेश दिएपछि उनी नेपाली टोलीमा फर्किएका थिए । नेपालको ओडिआई मान्यता निरन्तरता दिन, नेपाललाई एसिया कपमा पुर्याउन र टि२० विश्वकपमा पुर्याउन सन्दीपले महत्वपूर्ण प्रदर्शन गरेका थिए ।
२३ वर्षीय सन्दीप नेपालका प्रमुख स्पिनर हुन् । उनले नेपालबाट ५१ ओडिआईमा १ सय १२ विकेट लिएका छन् । उनी ओडिआईमा सर्वाधिक छिटो ४२ खेलमा १ सय विकेट पूरा गर्ने बलर हुन् । उनले अफगानिस्तानका राशिद खानको ४४ खेलको कीर्तमान तोडेका थिए । त्यस्तै उनले नेपालबाट ५२ टि२० आई खेलमा ९८ विकेट लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




