टोकियो/जापान।जापानको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालय र जापान मौसम विज्ञान एजेन्सीले जापान सागर आसपासमा व्यापक हिउँ पर्ने आकस्मिक मौसमी पूर्वानुमान गरेको छ ।

सामाजिक सञ्जालमा ‘जापान मौसम विज्ञान एजेन्सी र भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालय एकैसाथ भारी हिमपातको आकस्मिक चेतावनी घोषणा गरेकाले यो खतरनाक हुनसक्ने आँकलन गरिएको छ।

यि दुबै आधिकारिक निकायहरुले भनेका छन् – अहिलेसम्म “आपतकालीन घोषणाहरू” गर्दा कस्तो किसिमको क्षति र प्रभाव परेको छ भनेर हामीले संक्षेपमा लेखेका छौं।भारी हिमपात हुने क्षेत्रहरूमा कृपया थप सावधानी अपनाउनुहोस्।

यस हिउँदको सबैभन्दा बलियो चिसो र कडा वायुमण्डलीय चापका कारण, नोतो क्षेत्र भूकम्पबाट प्रभावित क्षेत्रहरूमा, मुख्यतया जापान सागार किनारमा, लगभग २५ तारिखसम्म भारी हिमपात हुने अनुमान गरिएको छ र हिउँ पर्न थालिसकेको छ। यसका साथै पश्चिमी जापानको समतल भूमिमा पनि हिउँ पर्नेछ।

सामान्यतया धेरै हिउँ नपर्ने क्षेत्रहरूमा पनि भारी हिमपातको जोखिम हुने भएकाले त्यसैले सवारी आवागमनमी पर्ने प्रभावको बारेमा सावधान रहन आवश्यक रहेको बताईएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार