नागोया/ जापान। एनआरएनए क्षेत्रीय समिति नागोयाले स्थानिय संघ- संस्थासंग अन्तरक्रिया कार्यक्रम बुधवार सम्पन्न गरको छ। कार्यक्रम नागोयाको oka kaikan Meeting Hall मा आयोजना गरिएको थियो।कार्यक्रममा एनआरएनए क्षेत्रीय समिति नागोयाका उपाध्यक्ष एवं एनआरएनए नागोया अन्तर्गतको स्थानिय संघ- संस्था समन्वय समितिका संयोजक समेत रहेका योमन देवानले कार्यक्रमको उद्धेश्य माथी प्रकास पारेका थिए।

पहिलो सत्रको कार्यक्रममा एनआरएनए क्षेत्रीय समिति नागोयाका सह – कोषाध्यक्ष मित्रलाल सिग्देलले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन एनआरएनए क्षेत्रीय समिति नागोयाका सह-सचिव सागर थापा बगालेले गरेका थिए भने सचिव दलवहादुर कार्की ( प्रतिक) ले सहभागीले दिएको सुझावलाई टिपोर्ट गरेका थिए।

राष्ट्रिय गान बाट शुरु गरिएको उक्त कार्यक्रममा हालै मात्र नागोया क्षेत्रमा असमाहिक निधन भएका लमजुङका २२ वर्षका युवराज तामाङ, धनकुटाका २२ वर्षिय रविन पौडेल र नुवाकोटका २८ बर्षिय अर्जुन कार्की प्रति १ मिनेट मौंन धारण गरिएको थियो ।

कार्यक्रममा नेपाली समुदायको एनआरएनए नायोया प्रतिको बुझाई, एनआरएनए प्रतिको अपेक्षाहरु, एनआरएनए नागोयालाई दिईने सुझाव लगाएत एनआरएनए नागोया संग गर्न सकिने सहकार्यको विषयमा विषयमा सहभागी संघ -संस्थाका प्रमुख एवं प्रतिनिधीहरुले धारणा राखेका थिए।

कार्यक्रम एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमको अध्यक्षता एवं एनआरएनए आईसिसि सचिव पारसमणि पोखरेलको प्रमुख आतित्थतामा सम्पन्न भएको थियो । कार्यक्रममा एनआरएनए एशिया प्यासिफिकका उप – संयोजक दिपक कार्की, एनआरएनए जापानका सह – कोषाध्यक्ष राम थापाकाजी , एनआरएनए जापानका सल्लाहकार यम खत्री ,नेपाली मिडिया सेन्टर जापानका अध्यक्ष एवं एनआरएनए जापानका प्रेस सल्लाहकार कविकिरण न्यौपाने , नेपाल पत्रकार महासंघ , जापान शाखाका संस्थापक सचिव हरिप्रसाद पोखरेल , एनआरएनए जापानका निवर्तमान उपाध्यक्ष राजकुमार अधिकारी, निवर्तमान सचिव श्याम शितल, लगाएतको उपस्थिति थियो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार