पछिल्लो समयमा जापानमा करिब १ लाख ५० हजार भन्दा बढिको नेपालीहरु रहेका छन। बढ्दो नेपालीहरुको संख्या सङ्गै विभिन्न व्यावसायिक क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुको संख्या पनि बढिरहेका छन।विशेषगरी नेपाली रेष्टुरेण्ट, हलाल पसल ( किराना पसल) ,
फुदोउसान , होस्टेल , रेमिटान्स कम्पनी , रिसाइकल पसल,मोबाईल पसल , ट्राभल एजेन्सी लगायत अन्य विभिन्न क्षेत्रमा पनि लगानी गरिरहेका छन यसमध्ये केहि क्षेत्रमा जापानीहरुको लगानी भएतापनि केहि व्यवसायहरु नेपाली कर्मचारीहरुको भरमा सन्चालन भएका पनि छन।
विशेषगरी हामी नेपालीहरु समयको पालनामा अलिक कन्जुस्याइँ नै छौँ त्यसैले गर्दा होला हामी जापानमा रहदाँ पनि विभिन्न भेटघाट कार्यक्रम देखि लिएर व्यापार व्यवसायहरुमा पनि ग्राहक प्रति समय अवधिलाई वेवास्ता गरेको हुन्छौँ।
अहिलेको युगलाई विश्व बजारीकरको युगले पनि निकै प्रभाव पारिरहेको छ त्यसैले गर्दा पनि हरेक व्यावसायिक क्षेत्रमा ग्राहकलाई प्रमुख मेरुदण्डको रुपमा लिने गरिन्छ्। विश्वका विभिन्न देशहरु मध्ये जापानमा पनि ग्राहकप्रति गर्ने व्यवहार निकै नै उत्कृष्ट र जिम्मेवारीपुर्ण रहेको मानिन्छ। अनलाइन व्यापार तथा प्रत्यक्ष रुपमा गरिने व्यापार जुनसुकै भएतापनि ग्राहकलाई वस्तुको पहिचान देखि उपभोग तथा सेवामा विशेष ध्यान दिन जरुरी पर्दछ। विशेषगरी केहि नेपाली व्यापारी तथा कर्मचारीहरुले ज्ञानको कमि तथा भाषाको समस्याले गर्दा पनि जापनी तथा अन्य देशका ग्राहक प्रति गर्ने व्यवहार मा केहि फरक महसुस गर्न वा देख्न सकिन्छ। विशेषगरी जापानी ग्राहकहरुलाई समय, प्रवेश गर्दा तथा फर्किने बेला अभिवादनमा विशेष ध्यान दिन जरुरी देखिन्छ तर केहि नेपाली रेष्टुरेन्टहरुमा खाना खान जाँदा २०/२५ मिनेट हुदाँ सम्म पनि सेवा दिन नसक्ने साथै सेवा दिदाँ ढिलो भएको कारण कुनै क्षमायाचना नमागि खाना लगेर राखिदिने अवस्था पनि रहेको छ, त्यसैले फेरि पनि उहीँ ग्राहकको पुनआगमनको लागि यस्ता कुराहरुमा सचेत हुन जरुरी देखिन्छ।
नेपाली रेष्टेरेण्ट
पछिल्लो समय जापानमा नेपाली रेष्टुरेण्टहरुको संख्या बढ्दै गैइरहेको देखिन्छ्। केहि नेपाली रेष्टुरेन्टहरुमा जाँदा त्यहाको मालिक र कर्मचारीहरुले ग्राहक प्रति गर्ने व्यवहार देख्दा यसरी पनि व्यवसाय चल्छर भनेर सोच्न बाध्य भैन्छ्। केहि रेष्टुरेण्टहरुमा ग्राहक सङ्ग नै झगडा गरेको पाइन्छ जबकी जापानमा ग्राहकप्रति गर्ने यस्ता व्यवहार एकदमै गलत मानिन्छ। भाषा तथा काम सम्बन्धि ज्ञानको समस्या आफ्नै ठाउँमा हुन्छ तर पनि ग्राहक प्रति सरल र नम्र स्वभाव भएर नबोल्नुले व्यक्ति मात्र नभएर रेष्टुरेन्ट साथै देशको छविप्रति पनि नकारात्मक असर पुर्याएको हुन्छ ,त्यसैले पनि नेपाली रेष्टुरेन्टका मालिकहरुले कर्मचारीहरु छनोट गर्दा पैसा भन्दा पनि काम र व्यवहार प्रति जिम्मेवार हुन सक्ने व्यक्तिहरु राख्न जरुरी देखिन्छ। कतिपय नेपाली रेष्टुरेन्टहरुमा खाना खाएको केहि घण्टा मै पेट दुख्ने, पखाला लाग्ने तथा स्वास्थ्यमा समस्या देखिने गुनासोहरु पनि सुन्ने गरिन्छ त्यसैले खाना तयार पार्ने विभिन्न खाद्यवस्तुहरुको गुणस्तर र समय अवधिमा विशेष ध्यान दिन पनि आवश्यक देखिन्छ।
हलालका सामान बेच्ने पसल
जापानका विभिन्न स्थानहरुमा हलालका सामान बेच्ने पसलहरु प्रस्ततै रुपमा रहेको पाईन्छ। विशेषगरी नेपाली, भारतीय नागरिकहरुलाई निकै सहजता पुगेको पाइन्छ। जापानमा हरेक पसल अनुसार वस्तुको मुल्यमा भिन्नता रहेको पाईन्छ त्यसैले यो नै हलालका सामान बेच्नेहरुको सबैभन्दा पक्ष रहेको पाईन्छ। पछिल्लो समय आफ्नो व्यापारलाई बढाउनको लागि सामाजिक सन्जालमा विभिन्न छुट तथा अफरको विज्ञापन गरिरहेका हुन्छन तर उनिहरुसङ्ग सामान किन्न जादाँ वा अनलाईनबाट सामान मगाउदा किचकिच गर्ने , भनेअनुसार मुल्यमा सामान दिन नमान्ने साथै आफुले भनेको समय भित्र सेवा दिन लगायत विभिन्न किसिमका समस्याहरुको सामना गर्नुपर्ने हुन्छ। कतिपय पसलहरुमा निरन्तर आउने ग्राहक र कहिलेकहीँ आउने ग्राहकको लागि छुट्टाछुट्टै वस्तुको मुल्य निर्धारण गरेको पनि पाइन्छ त्यसैले वस्तु बिक्री वा सेवा प्रदान गर्दै गर्दा ग्राहक प्रति पुर्ण जिम्मेवारी रहन आवश्यक देखिन्छ।
यसैगरी जापानमा अन्य किसिमका व्यवसायहरु सन्चालन गर्ने नेपालीहरुको संख्या पनि दिनप्रतिदिन बढ्दै गैरहेको छ तर यहाँ नेपालीले नेपाली लाई नै ठग्ने प्रवित्तृ पनि ह्वात्तै बढेको छ। मोबाईल खरिद, रुम सर्दा, होस्टेल बस्दा होस वा अन्य किसिमको काम गर्दा प्राय नेपालीबाट नठगिने नेपाली कमै हुने गर्दछन्। अझ विशेषगरी नेपालबाट आउने नयाँ विद्यार्थी भाईबहिनीहरु बढि ठगिने गरेको कुराहरु मिडिया तथा सामाजिक सन्जालमा आउने विभिन्न घटनाहरुले पनि प्रष्ट पारेको देखिन्छ।
त्यसैले, केहि नेपालीहरुद्वारा सन्चालित विभिन्न किसिमका व्यवसाय , कम्पनी तथा संस्थाहरुबाट विभिन्न किसिमका सेवा ,सुविधा लिदैँ गर्दा सकेसम्म स्वयम व्यक्ति नै सचेत हुन जरुरी देखिन्छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




